Search
Generic filters

ड्रोनभित्र सुन लुकाएर ल्याउने भुटानी शरणार्थी पक्राउ

ड्रोन भित्र लुकाएर ल्याईएको सुन

भुटानी शरणार्थी सुनसहित पक्राउ परेका छ्न् । ड्रोन भित्र लुकाएर सुन ल्याएको आरोपमा अमेरीका हुदैँ नेपाल आएका शरणार्थी पक्राउ परेका हुन् ।

विमानस्थल प्रमुख भन्सार प्रशासक महेश भट्टराईले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा भुटानी शरणार्थी अनिषहाङ बहिङ राई छन् ।
भट्टराईका अनुसार उनले ड्रोन ह्यान्डब्यागमा बोकेर ल्याएका थिए। तर त्यसलाई उनले एक्सरे मेसिनमा हाल्न मानिरहेका थिएनन्।

‘एक्सरे मेसिनमा हाल्न मानिरहेका थिएनन्। कर्मचारीले शंका लागेर मेसिनमा हाल्दा शंकास्पद वस्तु देखियो,’ उनले भने, ‘ड्रोनको लेन्सनिर सुनको बिस्कुट रहेछ।’

सुरूमा उनीबाट १०० ग्राम सुन बरामद भएको थियो । त्यसरी सुन भेटिएपछि प्रहरी तथा कर्मचारीले उनको अर्को लगेज पनि चेक गरेको थियो।

त्यसभित्र रहेको जुत्ता भित्रको भागबाट पनि चाँदीको जलप लगाइएको धातु बरामद भएको भट्टराईले बताए।

‘जुत्ता भित्र पनि ९३४ ग्राम सुन जस्तो धातु तर बाहिर चाँदीको जलप लगाइएको वस्तु फेला परेको छ,’ उनले भने, ‘त्यसको परीक्षण हुँदैछ। रिपोर्ट आइसकेको छैन।’

उनीबाट पाँच वटा फोन पनि बरामद भएको छ।

पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ। उनीमाथि अनुसन्धान अघि बढेको भन्सार कार्यालयले जनाएको छ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters