सुर्खेतमा पक्राउ अभियुक्ती झुण्ड्याईएको अवस्थामा मृत फेला !

भदौं २ गते, सुर्खेत । सुर्खेत वन डिभिजन कार्यलय भित्र एक जना पुरुषको मृत्यु फेला परेका छ्न् ।

टाचाँ लगाएको सालको रुख काटेको आरोपमा पक्राउ परेका लेकबेशी नगरपालिका-१० का अन्दाजी ५८ वर्षीया धनिराम लामिछानेको बिहीबार वन कार्यालय भित्रै मृत्यु भएको हो ।

वीरेन्द्रनगर शव डिभिजन प्रमुख कृष्णराम धितालको ठाडो आदेशमा फरेस्टर सन्तोष खत्री, वन रक्षक पियुसराज तिवारी लगतयतको टोलीले लामिछानेलाई पक्राउ गरेको थियो ।

घटनापछि मृतकका आफन्तहरु कार्यालय परिसरमै आन्दोलित भएका छ्न् ।

कर्मचारीले कुटपिट गरेर मारेको र पछि डोरीले झुण्डाएर आत्महत्या गरेको भन्ने बाहना रचेको भाई रामप्रसादको आरोप छ । साथै आफन्तहरूले उक्त घटनाको सत्य, तथ्य छानबीन हुनु, पर्ने कर्मचारीहरुलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।

प्रशासन कार्यालय सुर्खेतले लामिछानेको मृत्यु कर्मचारीको कुटपिटबाट नभई उनले आत्महत्या गरेको दाबी गरेको छ ।