Search
Generic filters

१२ कक्षा पास गरी २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरूलाई ५० हजार रुपैयाँ दिने

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ कक्षा पास गरी २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरूलाई ५० हजार रुपैयाँ निणर्य गरेको छ ।नयाँ अध्यक्षमा निर्वाचित भएका राजकुमार महतोले बालविवाह रोक्न र छोरीहरूलाई पढ्ने उत्प्रेरणा दिन सम्मान स्वरुप निणर्य गरेका हुन् ।

स्थानीय चुनावको तयारी गर्नुअघि महतो विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयमा काम गर्थे। उनी बागमती प्रदेशका संयोजकसमेत रहेका थिए।

चुनावका लागि उनी गत असोजदेखि गाउँमै बस्न थालेका थिए। गाउँमा बस्दा कलिला नानीहरूले भागेर विवाह गर्ने गरेको आफूले देखेको उनले बताएका छ्न् ।

‘यहाँ ६०/७० प्रतिशत बालविवाह हुन्छ। त्यसमा पनि भागी विवाहको अवस्था डरलाग्दो छ। १४-१५ वर्षका किशोरीहरूले उमेर नपुगी विवाह गर्दा एकातिर उनीहरूले पढाइ पूरा गर्न पाउँदैनन् अर्कातिर कम उमेरमा गर्भवती हुँदा उनीहरूको स्वास्थ्यमा समस्या हुन्छ,’ ‘५० हजार रुपैयाँ दिने निणर्यले सबै समस्या समाधान हुन्छ म भन्दिनँ तर यो पढ्न र २० वर्ष पूरा भएपछिमात्रै विवाह गर्न उत्प्रेरक हुन सक्छ ।’ महतोले भनेका छ्न् ।

एक पुस्ताका छोरीहरूले १२ कक्षा पास गरेर २० वर्ष पुगेपछि मात्रै विवाह गरे भने त्यसले अर्को पुस्तामा सकारात्मक सन्देश स्वत जानेछ ।

‘यसले दिर्घकालीन समाधान तिर उन्मुख दिन सक्छ। हिसाब गर्दा गाउँपालिकालाई पनि त्यति ठूलो आर्थिक भार पनिअ नपर्ने , अध्यक्ष महतोले भने।

बालविवाह एवं भागीविवाह नियन्त्रण गर्न र छोरीलाई धेरैभन्दा धेरै पढाउन समुदायका सबै पक्षसँग छलफल गरिने बताए।

‘आखिर यो समस्या किन बढ्दैछ। समाधान कसरी गर्ने विषयमा विद्यार्थी, अभिभावक, समाजका अगुवा, प्रहरी, प्रशासन सबैसँग अन्तरक्रिया गर्छौं र समाधानको उपाय खोज्छौं । शिक्षाको स्तर यहाँ जर्जर छ, विद्यालयमा अनुशासन छैन त्यसले पनि समस्या बढको छ,’ महतोले थपे।

यो कार्यक्रम नयाँ आर्थिक वर्षदेखि लागू हुनेछ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters