अभिनेत्री मिरुनाले भनिन्, ‘पटक पटक चिमोटेपछि प्रतिकारमा उत्रिएँ’

अभिनेत्री मिरुना मगरले फुर्वा लामाले आफूलाई पटक पटक दुर्व्यवहार गरेको बताएकी छ्न् । पहिलो पटक होइन् होला जस्तो लागेको र पटक पटक भएपछि आफू प्रतिकारमा उत्रिएको बताएकी छन् ।

एक युट्युब च्यालनसँग कुराकानी गर्दै उनले अति भएर दुर्व्यवहारको प्रतिकार गरेको बताएकी छ्न् ।

मिरुनाले बताएकी छ्न् ‘कार्यक्रममा धेरै भिड थियो । म प्यानहरूसँग सेल्फी खिचिरहेको थिए । त्यो क्रममा हल्का छुने त भइहाल्छ नि । यो मैले पनि बुझेकी छु’ उनले भनिन् ‘म अगाडि फर्किएर फोटो खिच्दै थिए । पछाडि कसैले देब्रे साइडमा चिमोटेको फिल गरे । भिडमा त्यतिकै महसुस भएको होला भनेर केही हच्किए ।’ पहिलो पटकमा आफू माथि दुर्व्यवहार भएको होइन होला जस्तो समेत लागेको उनले सुनाइन् ।

मगरले अगाडि भनिन् ‘तेस्रो पटक एकदमै दुख्ने गरेर पक्रिएपछि प्रतिकारमा उत्रिएको हो ।’ प्रतिकारको सुरुमै आफूले एक थप्पड हानेको उनले सुनाइन् ।

थप्पड हानेपछि उनलाई भिक्षुकको भेषमा देख्दा झन् रिस उठेको बताएकी उनले अभिनेत्रीको रूपमा भन्दा पनि दाजुभाइलाई सिकाउनु पर्ने दिदीबहिनीको रूपमा गाली गरेको र आइन्दा कसैलाई छुने होइन भनेर छोडेको बताइन् ।

‘त्यहाँ धेरै भिड भएकोले त्यो कुरोले मलाई लाज भयो । बाहिर निस्किएर रोए पनि । मैले कमजोर फिल समेत गरे । फेरि यो सही भएन भन्ने लाग्यो’ उनले अगाडि थपिन् ‘फर्केर हेर्दा त्यो व्यक्ति हाँसेर डुलिरहेको देखेपछि झन् रिस उठ्यो । कानुनको सहारा लिएँ ।’ उनलाई पुलिसमा बुझाएपछि विभिन्न माध्यमबाट दबाब समेत आइरहेको उनको भनाई छ ।

भिडीयोमा हेर्नुहोस् :