Search
Generic filters

कर्णाली पुग्नुपर्ने पाठ्यपुस्तक गोदामै थन्किए

नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना पुग्यो तर कर्णालीका विद्यार्थीहरुले अझै पुस्तक पाएका छैनन् । जनक शिक्षा सामग्री केन्द्र, स्थानीय तह र विद्यालयहरुबीच समन्वयसमेत हुन नसकेर पुस्तक ढुवानी हुन सकेको छैन ।

जनक शिक्षा सामग्री केन्द्रले मुगुका चारवटै स्थानीय तहका लागि आवश्यक पुस्तक गोदाममै थन्किएको जनाएको छ ।

मुगुमा पुर्याउनु पर्ने पाठ्यपुस्तक अझै पनि गोदामै थन्किएको जनक शिक्षा सामाग्रीले बताएको छ । स्थानीय तहले खरिदमा बेवास्ता गरेको केन्द्रको सुर्खेतस्थित प्रादेशिक कार्यालयका प्रमुख धनबहादुर केसीले आरोप लगाएका छ्न् । उहाँका अनुसार मुगुका लागि रु २४ लाखका पुस्तक तयारी अवस्थामा राखिएको छ । तर खरिद प्रक्रियामा मुुगुका सबै स्थानीय तह र विद्यालयहरुले कुनै चासो दिएका छैनन् ।

“नेपालगञ्जबाट पायक पर्ने भएकाले ढुवानीको प्रक्रिया अघि बढिसकेको छ, कतिपय जिल्लामा पुगिसकेको छ भने केही पुस्तक बाटोमै छन्,” जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख केसीले भने, “सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र जाजरकोटमा सुर्खेतबाटै पठाइएको छ ।”

कर्णालीका डोल्पा, सल्यान, रुकुम पश्चिम र हुम्लाका दुई स्थानीय तहमा भने नेपालगञ्जबाट ढुवानी भइरहेको छ । सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र जाजरकोटमा सुर्खेतबाटै पठाइएको केसीले बताए ।

जाजरकोटमा चार हजार सेट, दैलेखमा चार हजार ५०० सेट, जनक शिक्षाका अनुसार कालीकोटमा तीन हजार सेट, सुर्खेतमा चार हजार सेट, जुम्लामा दुई हजार ५०० सेट पुस्तक पठाइएको छ । बाँकी किताब छपाइकै क्रममा रहेकाले सुर्खेत गोदाममा आउने बित्तिकै पठाइने प्रादेशिक कार्यालयले जनाएको छ ।

कर्णालीमा कक्षा ८ को स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको छपाइ कम हुँदा अभाव रहेको पाईएको छ । जनक

स्थानीय तह र विद्यालयहरुबीच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको शिक्षाका प्रादेशिक कार्यालय प्रमुख केसीले बताए ।

पुस्तक हुँदाहुँदै पनि खरिद तथा ढुवानीमा स्थानीय तह र विद्यालयले बेवास्ता गरेको उनको भनाइ छ ।

यसैबीच समयमै पर्याप्त पुस्तक नहुँदा अधिकांश विद्यालयको पठनपाठन प्रभावित भईरहेको छ । पुस्तक पाउँन नसकेका बिद्यालयहरुको सम्बन्धित निकायको लापरबाही भईरहेको आरोप छ ।

सुर्खेतको जनता माध्यमिक विद्यालय विद्यापुरका प्रधानाध्यापक मोतिराज जोशीले भने, “पुरानो किताबकै भरमा पढाइरहेका छौँ, नयाँ किताब पढ्ने विद्यार्थीको रहर कहिले पूरा हुने हो निश्चित छैन”, थप्दै भनेका छ्न् “कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रम भएकाले ती कक्षा प्रभावित हुन पुगेका छन्, अन्य कक्षामा त पुरानै किताबले पनि पठनपाठन गराइएको छ ।”

कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा फागुनदेखि नै शैक्षिक सत्र सुरु भइसक्छ । त्रैमासिक परीक्षा सुरु हुने बेलासम्म पनि विद्यार्थीको हातसम्म पुस्तक उपलब्ध नभएको विद्यार्थी र शिक्षकहरुको गुनासो छ ।

पेस्तोल र ग्रिनेटसहित एक जना पक्राउ
कर्तव्य ज्यान मुद्दामा वारदात पछि फरार रहेका नलगाड नगरपालिका-५ ऐरारी बस्ने ३९ वर्षीय ईन्द्र बहादुर शाहीलाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले उनलाई एक थान ग्रिनेट, एक थान पेस्तोल र...
पुरा पढ्नुहोस् ..
कहाँ गए सन्दीप लामिछाने?
प्रहरी र क्यानको सम्पर्कमा छैनन्, दुबईमा भएको अनुमान सन्दीप लामिछाने १७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेका...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters