काठमाडौंमा एमालेकी उम्मेदवार सुनिता २४ हजार ९२० मतले रामेश्वरभन्दा अघि

काठमाडौं
आइतबार बिहानसम्म काठमाडौं महानगरपालिकामा एक लाख ६ हजार ५१६ मत गन्दा उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ३८ हजार ३५१ मत ल्याएकी छिन् ।

उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत ल्याएर पछि परेका छन् ।

सुनिता रामेश्वरभन्दा २४ हजार ९२० मतले अगाडि रहेकी छिन् । उनले सुरूवात देखि नै अग्रता कायम गरेकी थिइन्।