गगन थापाको ३० नम्बर वडामा काँग्रेसका उम्मेदवार दोब्बर मतले विजयी

नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका – ३० बाट खाता खोल्न सफल भएको छ । महामन्त्री गगन थापाको गृह वडा समेत रहेको काठमाडौंको ३० मा काँग्रेस विजयी भएको छ । थापाले काठमाडौंको वडा नम्बर ३० को मैतिदेवी मन्दिरमा रहेको मतदान स्थलबाट भोट हालेका थिए ।

उक्त वडामा काँग्रेसका दल बहादुर कार्कीले २०६१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णभक्त खड्गीले ९१६ मत ल्याएका छन् । काँग्रेसका कार्की ११४५ मतान्तरले विजयी हुन सफल भएका छन् ।

यसअघि काठमाडौंका वडा नम्बर १, २, ३, ४, ५ एमालेले जित भएको थियो । अहिले ६, ७, ८, २७, २८, २९, ३१ र ३२ वडामा मत जारी भइरहेको छ । काठमाडौंमा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको भारी मतले अग्रता कायम जारी रहेको छ । एमालेका केशव स्थापित र काँग्रेसकी सिर्जना सिंह दोब्बर मतले पछाडि परेका छन् ।