पोखरामा नेकपा एकीकृत समाजवादीका उमेदवार धनराज आचार्यको अग्रता

पोखरा-

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उमेदवारले अग्रता बढाएका छन् ।

जारी मतगणनामा ५० हजार ११७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २० हजार ७४९ मत प्राप्त गरी अग्रता कायम राखेका छन् ।

नेकपा (एमाले)का प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले १८ हजार ३६६ मत प्राप्त गरी पछि परेका छन् । गठबन्धनका आचार्यले दुई हजार ३८३ मतले अग्रता हासिल गरेका छन् ।

उपमेयरमा एमालेकी मञ्जु गुरुङले २० हजार ९७७ मत ल्याएर अग्रता हासिल गरेकी छिन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले २० हजार ९६३ मत ल्याएर पछि परेकी छिन् ।