Search
Generic filters

दिल्ली दूतावासमा चुच्चे नक्सा हटाएर किन ‘बुच्चे नक्सा’ राखियाे ? : अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेखित नेपालको नक्सा भरतमा रहेको नेपाली दुतावसमा नराखिएको भन्दै आपत्ति जनाएका छ्न् । ओलीले प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएकै वेला नयाँ दिल्लिमा रहेको नेपाली दुतावसमा नेपालको संबिधानले जारी गरेको चुच्चे नक्सा नराखि बुच्चे नक्सा राखिएको भन्दै आपत्ति जनाएका हुन् ।

आज आइतबार नेपाल बुद्धिजीवी परिषद्को १० औँ राष्ट्रिय अधिवेशनमा बोल्दै ओलीले देशको नक्सानै गायब बनाउनु जस्तो लज्जाको बिषय अरु केहि नहुने बताएका छ्न् । ओलिले भनेका छ्न्, ‘सम्माननीय प्रधानमन्त्रीले प्रकाशित गरेको सरकारको सय दिनमा चुच्चे नक्सा हटाउने काम भयो । के यो साधारण कुरा हो ? भौगोलिक अखण्डताप्रतिको खेलबाड । हिजोमात्रै भारतको दिल्लीमा रहेको नेपाली दूतावासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको बुच्चे नक्सा राखिएको छ । चुच्चे नक्सा हटाइएको छ । योभन्दा राष्ट्रको शिर निहुँर्‍याउने, योभन्दा लज्जाजनक कुरा के हुन्छ ? शेरबहादुरजी राष्ट्रिय बेइमानीका लागि दिल्ली जानुभएको हो ? फर्किनु अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो सरकारले बनाएर संविधान संशोधन गरेर राखेको नक्सा झुन्ड्याएर फर्किनु हुन्छ कि हटाएर फर्किनु हुन्छ ? शेरबहादुरजी ।’

अध्यक्ष ओलीले आफ्नै पार्टीको सरकार हटाएर कांग्रेसको पछिपछि लागेको भन्दै प्रचण्ड र माधव नेपालहरूलाई कटाक्ष पनि गर्नुभयो । अध्यक्ष ओलीले आफ्नै सरकार र सिङ्गै मन्त्रालय हुँदा उनीहरूले आफूलाई कामै गर्न नदिएको पनि दोहोर्‍याउनुभयो ।

ओलीले वर्तमान सरकारले देशको अर्थतन्त्रसमेत ध्वस्त बनाएको दाबी गरे ।

ओली भन्छन्ः चोलेन्द्रले सफाइ पाइसके, सरकारले सर्वोच्चमाथि गोलावारी गर्यो
असोज २, काठमाडौं । सरकारले प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणाको निवास घेराउ गरेर तमासा देखाएको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । संसदमा दर्ता भएको महाअभियोग पारित हुन नसकेपछि...
पुरा पढ्नुहोस् ..
ओलिले दिए रविन्द्र मिश्रलाई उपाहारमा सिक्का
भदौं १३, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै बिबेकशिल साझा त्यागेर राजावादी भएका रविन्द्र मिश्रलाई सिक्का उपाहार दिएका छ्न् । मिश्रले ओलीजीसँगको अढाईघण्टा शिर्षकको पोस्टमा ओलीले सिक्का...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters