अकबरे खुर्सानी स्वास्थ्यका लागि कती सम्म फाइदा हुन्छ त ?

अकबरे खुर्सानी भन्न बित्तिकै टोकेर खान मन लागि हाल्नै सायदै सबैलाई हुन्छ । यो प्रयोग हरेकको भान्सामा पाइने गर्छ । यसलाई बेमौसममा खानका लागि अचार राखेर पनि खाने गरेको पाइन्छ । यसको स्वादसंगै स्वास्थ्यलाई पनि त्यती कै फाइदा पुर्याउछ ।

यो एउटा पूरक मसला हो । यसले पिरो भएकोले खानालाई स्वादिलो बनाइदिन्छ । तर
यसकाे बढी सेवनले पनि नकरात्मक असर गर्छ । यसका बियाँमा बढी पिरोपन हुन्छ । ताजा हरियो खुर्सानीमा एन्टिअक्सिडेन्ट बढी पाइन्छ भने सुकेकोमा कम पाइन्छ ।

खुर्सानीको पिरो हुने तत्त्वलाई क्याप्सिसिन भनिन्छ । नेपालको सबै भूभागमा यसको उत्पादन हुने भएता पनि पहाडी भूभागमा यसको राम्रो उत्पादन हुने गरेको पाइन्छ । अकबरे खुर्सानीलाई कतिपय ठाउँमा डल्ले खुर्सानी पनि भन्ने गरिन्छ ।

यसका फाइदाहरू हेर्नुहोस

१. नियमित यो खुर्सानीको सेवनले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन्छ ।

२. श्वासप्रश्वास प्रणालीलाई मजबुत बनाई अक्सिजन लिने प्रक्रिया बढाउँछ ।

३. भोक लगाउने प्रक्रिया कम गर्छ र शरीरको तापक्रम बढाउनुका साथै क्यालोरी जलाउने काम गर्छ

४. पेटमा हुने ग्याष्टिक तथा अल्सर जस्ता रोगहरूबाट राहत पाउन सकिन्छ ।

५. माइग्रेनको समस्या समाधानका लागि यो खुर्सानी अति उत्तम मानिन्छ।

६. अकबरे खुर्सानी खानाले हाडजोर्नीमा हुने दुखाइलाई पनि केही कम गर्न मदत गर्दछ ।

७. यसमा पाइने पोटासियम र फोलेटले मुटुका रोगहरूको जोखिम घटाउनुका साथै स्वास्थ्यकर कोलेस्ट्रोललाई नियमित गराउन मद्दत गर्छ ।

८. यो खुर्सानी हालेर पकाइएको खानेकुरामा कीटाणुरहित हुन्छ ।

९. थकाई शरीरमा आलस्यता आएको समयमा यसको प्रयोग गरेमा शरीरमा स्फूर्ति आउँछ ।

१०. यसले पिसाब सम्बन्धी समस्या कम गराउन मदत गर्दछ ।

११. यसले रगतमा चिनीको मात्रा घटाउन वा सुगर रोगबाट बच्न मदत गर्दछ ।

१२. यसको नियमित सेवनले चिसोबाट हुने फ्लुलाई कम गर्न मदत गर्दछ ।

१४. यसले शरीरमा राता रक्त कोषको मात्रामा वृद्धि गर्दछ ।

खुर्सानीको सेवन धेरैलाई राम्रो र फाइदाजनक भए पनि कसैका लागि नराम्रो पनि हुनसक्छ । खुर्सानी खाने बानी परेकालाई यसको पिरोको असर कम देखिन्छ तर खुर्सानी खाने बानी नहुनेहरूलाई यसको सेवनका केही असरहरू पनि हुनसक्छ । खुर्सानीको सेवन गर्दा कसैलाई मुखदेखि मलद्वारसम्म पूरा पाचन प्रणालीमा जलन हुनसक्छ ।

अकबरेको अत्याधिक सेवनले मुख सुख्खा बनाउने तथा मानसिक रुपमा तनाब बढाउने पनि गर्छ । यसको सेवन गर्दा उपयुक्त मात्रामा मात्रै सेवन गर्नुपर्छ ।