आलसको सेवनले स्वास्थ्यलाई गर्छ यती धेरै फाइदाहरु हेर्नुहोस

आलस मानव स्वास्थ्यका लागि निकै फाइदाजनक सुपरफुड हो । यसलाई आर्वेदिक हिसावले पनि प्रयोग गर्न सकिन्छ । किनभने यसका अनेकौं फाइदहरु छन । साथै यसको दानालाई विभिन्न तरिका तकिाले खान सकिन्छ । परम्परा देखि नै नेपालीहरूको घरमा यसलाई अचारमा छोपको रूपमा बढी प्रयोग गरिन्छ । अहिलेको हाम्रो जीवनशैली र खानपानका कारण धेरैले आफ्नो कोलेस्ट्रोल बढेको भनेर गुनासो गरेको सुनिन्छ । कोलेस्ट्रोल घटाउन अलसको दाना धेरै लाभदायक छ ।

१. ओमेघा-३ फ्याटी एसिडः आलसको दानामा अल्फा-लिनोलेनिक एसिड (एएलए) नामक ओमेगा-३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ । यसले गुड कोलेस्ट्रोल एचडीएल)लाई बढाउने अनि ब्याड कोलेस्ट्रोल (एलडीएल)लाई घटाउन मद्दत गर्छ ।

ओमेगा-३ फ्याटी एसिडले विशेष गरी एएलए, सुन्निएको कम गर्दछ र धमनीको पर्खाललाई स्वस्थ राख्छ । यसले धमनीहरूमा पत्र बन्न दिँदैन अनि कोलेस्ट्रोलको स्तर नियन्त्रणमा राख्छ ।

२. फाइबरः आलसको दानामा घुलनशील र अघुलनशील दुवै खाले फाइबर पाइन्छ । यी फाइबरले पाचन सुधार्छ र कोलेस्ट्रोल घटाउन मद्दत गर्छ ।

आलसमा पाइने घुलनशील फाइबरले पाचन प्रणालीमा जेल जस्तो पदार्थ बनाउँछ । यसमा पित्त अम्ल टाँसिन्छ र शरीरबाट बाहिर निस्किन्छ । यसरी आलसको सेवन गर्दा शरीरमा पित्त अम्ल घट्छ । यसको कमी पूर्ति गर्न कलेजोले बढी कोलेस्ट्रोल प्रयोग गर्छ र रगतमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ ।

३. लिगनन्सः आलसको दानामा लिगनन्स नामक एन्टिअक्सिडेन्ट हुन्छ । यसले हर्मोनल सन्तुलन कायम राख्छ र हृदयसम्बन्धी रोग लाग्ने जोखिम कम गर्छ ।

लिगनन्स एन्टी अक्सिडेन्ट हो । यसले कोलेस्ट्रोलमा हुने अक्सिडेशनलाई रोक्ने काम गर्छ । अक्सिडाइज्ड कोलेस्ट्रोल धमनीहरूमा पत्र बनेर बस्छ । यसले हृदय रोग निम्त्याउन सक्छ । लिगनन्सले यो प्रक्रिया रोक्छ र मुटु स्वस्थ राख्छ ।

कसरी खाने आलसको दाना ?

१. धुलोको रूपमाः आलसको दानालाई पिसेर धुलो बनाउनुहोस् । यसलाई अचारमा छोपको रूपमा खान सकिन्छ । दही, स्मूदी वा सलादमा पनि आलसको धुलोलाई हालेर सेवन गर्न सकिन्छ । आलसको धुलोलाई पानीमा हालेर सोको पानी पनि खान सकिन्छ ।

२. सीधै दानाको सेवनः आलसको दानालाई सिङ्गै पनि खान सकिन्छ । यसमा भएको सबै पोषक तत्त्वहरू शरीरले प्राप्त गरोस् भन्ने चाहनु हुन्छ भने यसको दानालाई राम्ररी चपाएर मिहिन पारेर निल्नु पर्छ ।

३. तेलको रूपमाः असलीको दानाबाट तेल पनि निकाल्न सकिन्छ । आलसको दानाबाट तेल निकाल्ने राम्रो विकल्प हो । यसको तेललाई सलादमा ड्रेसिङको रूपमा वा अन्य खानेकुरामा मिसाएर खान सकिन्छ ।

आफ्नो स्वास्थ्यलाई निरोगी हुनका लागि दैनिक आलसको सेवन गरौं । पछिल्लो समय यसको कम प्रयोग भएको पाइन्छ ।