ग्यास्ट्रिक कसरी हुन्छ ? ग्यास्ट्रिक भएका व्यक्तिले के खान हुँदैन ?

मानव स्वास्थ्यका लागि सबैभन्दा महत्वपुर्ण खानपान नै हो । मानिसहरु आफ्नै स्वास्थ्यको ख्यालवास्ता नगरी जिब्रोको स्वादलाई महत्व ठानेर खानेकुरा खाँदा प्राय व्यक्तिहरु ग्यास्ट्रिकका सिकार बनेको देखिन्छन ।
धेरै समय भोको पेट बस्यो, लामो समय खाना खाएन भने वा ‘हाईड्रोक्लोरिक एसिड’ नै बढाउने खानेकुराहरू खायो भने त्यसले झिल्ली सुन्निन्छ र ग्यास्ट्रिक निम्त्याउँछ । खाना पचाउने क्रममा यदि ‘हाईड्रोक्लोरिक एसिड’ले खाना पचाउन पाएन वा त्यसलाई बचाउने तत्त्वहरूको असन्तुलन भयो भने ग्यास्ट्रिक हुन्छ । हामीले खाने औषधीहरूले पनि ग्यास्ट्रिक बनाउँछ । त्यसैले चिकित्सकको सल्लाह बिना औषधि खानु हुँदैन ।
-सबैभन्दा पहिला कस्तो ग्यास्ट्रिक हो भनेर पत्ता लगाउनुपर्‍यो । धेरै खानेकुरा खाएर तुरुन्तै हुने ग्यास्ट्रिक त पेटलाई आराम दिएपछि, सामान्य औषधीले पनि निको हुन्छ ।
पुरानो ग्यास्ट्रिक वा कीटाणुका कारणले भएको ग्यास्ट्रिक हो भने चिकित्सकसँगको परामर्शमा औषधी खाएर निको हुन्छ । कस्तो ग्यास्ट्रिक हो भनेर पत्ता लगाएर त्यही अनुसार उपचार गर्नुपर्छ ।
साथै खानपानमा पनि ध्यान दिनुपर्छ । कम मसला भएको खानेकुरा खाने, सागसब्जीमा जोड दिने, चुरोट, रक्सी नखाने, गर्नुपर्छ ।
ग्यास्ट्रिक भएकाले के खाने नखाने ?
-बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिला एक गिलास मनतातो वा ‘रुम टेम्प्रेचर’ पानी पिउनु पर्छ । शारीरिक व्यायाम गर्नुपर्छ, आफूलाई रुच्ने र पिरो अमिलो चिल्लो कम भएका खानेकुरा बिहानको खाजामा खानुपर्छ । सुख्खा रोटी, गेडागुडीको रस, अन्डा, दही जस्ता स्वस्थ खानेकुरा खादा राम्रो हुन्छ ।

दिउँसोको खानामा दाल, भात, रोटी तरकारी, राम्रोसँग पकाएको माछा मासु र बेलुका हल्का खाने जस्तै फलफूल, दुध आदि खानुपर्छ । बिचबिचमा पानी पिउन नबिर्सिने, र खाना खाने बित्तिकै सुत्नु हुँदैन।

खाना खानु र सुत्नुको बिचमा कम्तीमा पनि २-३ घण्टाको भिन्नता हुनै पर्छ । यति गर्‍यो भने मानिस एकदम स्वस्थ रहन्छ । यसैगरी, धेरै नुनिलो खानेकुरा खानुहुँदैन । पुराना अचार, साँधेको मासु, पोलेको मासु, धूम्रपान, मद्यपान आदिले क्यान्सरसम्म निम्त्याउँछ ।
साथै ग्यास्ट्रिक समस्या भएका व्यक्तिलाई घर परिवारले पनि उसका विशेष ध्यान दिन जरुरी हुन्छ । धेरै गार्हो भएमा चिकित्सकको सल्लाहामा हिड्नु पर्छ