स्वास्थ्यका लागि घ्युकुमारीमा यस्ता अचुक फाइदाहरु

घ्युकुमारी प्राय जँहातही पाइने विरुवा हो । यसलाई एलोभेरा पनि भनिन्छ । यसलाई पहिले देखि नै आयुर्वेदमा विभिन्न खालका स्वास्थ्य समस्याहरूको निदानको लागि औषधिको रूपमा प्रयोग गरिएको पाइन्छ । अचेल विभिन्न प्रकारका सौन्दर्य प्रशाधन सामग्रीमा एलोभेराको प्रयोग भएको हुन्छ ।

यो विरुवा घरको जुनसुकै ठाँउमा पनि लगाउन सकिन्छ । किनकी यो थोरै जग्गामा पनि सानो सानो गमलामा यसलाई रोपेर यसको प्रयोग गर्न सकिन्छ । यो बहुउपयोगी वनस्पतिले धेरै प्रकारका स्वास्थ र सौन्दर्य समस्याहरूलाई ठिक गर्न सहयोग गर्छ । एलोभेरामा सुन्दर र स्वस्थ हुने धेरै प्रकारका रहस्य लुकेका हुन्छन । यसको प्रयोगले हाम्रो सम्पूणर् शरीरमा नै परिवर्तन गर्छ । के के छन एलोभेराका फाइदा बारे चर्चा गर्छौ ।

यसमा १८ खालका धातु, १५ खालका एमिनो एसिड र १२ खालका भिटामिनहरु पाइन्छन । यसको सेवनबाट धेरै पौष्टिक पदार्थहरू पाउन सकिन्छ ।

यसले रगतको कमीलाई हटाँउछ र शरीरको रोग प्रतिरोधी क्षमता बढाँउछ। यसले रगतमा ग्लुकोजको मात्रा पनि बढाँउछ।

यसको काँडायुक्त पातहरूलाई काटेर रस निकाली विहान खाली पेटमा ३-४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्त दुरुस्त हुन्छ। यसले गर्मी पनि काट्छ।

आगोले पोलेको, काटेर चोट लागेको ठाँउमा एलोभेरा लगाइदिएमा आफ्नो एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणको कारण यसले घाउलाई चाँडै निको बनाइदिन्छ ।

टाउको दुख्ने, मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, रुखो छाला, घामले डढेको छाला, आँखाको कालो घेरा, अनुहारको दागधब्बा आदि समस्याहरू हटाउन एलोभेरा धेरै नै लाभदायक हुन्छ ।

यसको गुदी वा जेल निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ । एलोभेरा जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चमकदार र स्वस्थ हुन्छ ।

एलोभेरा छालामा लगाउनु पनि त्यत्तिकै धेरै लाभदायी हुन्छ । लामखुट्टेको टोकाइबाट छाला बिग्रिएमा पनि यसको प्रयोगले छालाको सुरक्षा गर्छ ।

माथि उल्लेखित कुराहरुलाई ध्यानमा राखी एलोभेरा तथा घ्युकुमारीको प्रयोगले आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नुहोस ।