दैनिक कति हिड्दा तौल कम हुन्छ ? हेर्नुहोस

अहिलेको समयमा प्राय मानिसहरु तौल कम गर्न विहान बेलका हिड्ने तथा दौडने गर्छन । तर दैनिक कती हिड्दा तौल कम हून्छ ? कतीपयलाई थाहा नहुन सक्छ । धेरैजसो मानिस तौल कम गर्नका लागि भारी कसरत तथा जीम जान डराउने गर्छन् । यस्तोमा तपाईं हिँडेर मात्र पनि तौल कम गर्न सक्नुहुन्छ । अब प्रश्न यो उठ्छ, तौल कम गर्नका लागि कति हिँड्नु सही हुन्छ ? यसबारेमा विशेषज्ञबाट जानौं-

पैदल हिँड्नु एउटा राम्रो एरोबिक कसरत हो जो सम्पूणर् शरीरलाई स्वस्थ राख्न सहयोग गर्दछ । स्वस्थ शरीर पाउनका लागि दैनिक रुपमा कम्तीमा ८ देखि १० हजार कदम हिँड्नु राम्रो मानिन्छ । यति हिँडाईले शरीरको तौलमा पनि नियन्त्रण पाउन सकिन्छ ।
विशेषज्ञहरुलाई मान्ने हो भने दिनमा कम्तीमा नौ हजारदेखि दश हजार कदम हिँडेर तौललाई कम गर्न सकिन्छ । यसका साथै स्वस्थ खानपानलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।
राम्रो नतिजा पाउनका लागि हिँड्ने समयमा एकदमै तीव्र गतिमा वा एकदमै ढिला पनि हिँड्नु हुँदैन । हिँड्दा एकनासले हिँड्नुपर्दछ ।
यदी तपाईं यसलाई किलोमिटरमा जान्न चाहनुहुन्छ भने यो कम्तीमा पाँचदेखि छ किलोमिटर दैनिक रुपमा हिँड्नुलाई मानिन्छ । चाहे तपाईं यसलाई बिहानदेखि साँझको समयसम्म हिँड्न सक्नुहुन्छ ।
विशेषगरी बिहानको हिँडाई एकदमै प्रभावकारी हुन्छ तर तपाईं आफ्नो समय मिलाएर कुनै पनि समय हिँड्न सक्नुहुन्छ । तर राम्रो नतिजा पाउनका लागि दैनिक यसरी हिँड्नु पर्दछ ।
दैनिक पैदल हिँड्नु तपाईंको तौलका लागि मात्र नभएर पाचन प्रणालीका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यसले शरीरमा स्फूर्ति ल्याउनका साथै भोक तथा निद्रा पनि राम्रो बनाउँछ । साथमा तनाव पनि कम हुन्छ ।
यसरी हिड्नाले तौल कमका साथै अन्य रोगहरुबाट बच्न मदत गर्दछ । यसलाई दैनिक रुपमा गर्नुपर्ने हुन्छ ।