साउथ एसिएन स्कलर्स एकेडेमीमा अबिभावकलाई सम्मान, बिद्यार्थीलाई पुरस्कार र शिक्षकहरुलाई प्रशिक्षण

साउथ एसिएन स्कलर्स एकेडेमीले परिक्षा संचालन सम्पन्न गरेलगत्तै नतिजा प्रकाशन कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ । सबै अबिभावक तथा बिद्यार्थीहरु सहभागी कार्यक्रम मा अविभावक शिक्षा कार्यक्रम समेत सम्पन्न गरेको थियो । कार्यक्रमलाई संयोजन गरेका बिद्यालयका प्रशासनिक प्रमुख बिनु सिबीले प्रमुख अतिथीमा बिद्यालयका कार्यकारी निर्देशक छत्र बडुवाल, सभापतीमा प्रिन्सीपल प्रेम दसौनी र बिशिष्ट अतिथीमा क्यारियर ट्रेनिगं फाउन्डेशनका बरिष्ट प्रशिक्षक तथा बिद्यार्थीसंग हातेमालो कार्यक्रमका संयोजक रवि किरणलाई आसन ग्रहण गराएका थिए ।

बिद्यालयकै प्रांगणमा संचालन गरिएको कार्यक्रममा अबिभावकहरुलाई शब्द शैली र संस्कारका बिषयमा तेश्रो चरणको शिक्षा संचालन मोटिभेसनल स्पिकर रवि किरणले प्रदान गरेका थिए ।

कार्यक्रममा यो भन्दा अगाडीको तालिममा उत्कृष्ट अबिभावकहरुलाई बिद्यालयका तर्फबाट खादा लगाएर सम्मान गरिएको थियो । १०ः३० देखी संचालन भएको कार्यक्रममा बिभिन्न कक्षाबाट बिभिन्न बिधामा उत्कृष्ट हुने र परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो । पुरस्कार बितरण पश्चात २ बजे देखी साँझ ५ बजे सम्म शिक्षकहरुलाई आउदो बर्षको लागि शिक्षक लार्ई आवश्यक पर्ने १०१ सिपहरु तथा शैक्षिक पद्दतीको बारेमा तालिम दिएको थियो ।

लाईका खबरसंगको छोटो कुराकानीमा प्रमुख अतिथी तथा बिद्यालयका कार्यकारी निर्देशक छत्र बडुवालले शिक्षकहरुलाई अहिले सम्मको अनुभवमा देखिएका कमी कमजोरीलाई सच्याउदै भोलीका दिनमा कसरी बिद्यार्थीहरुलाई उत्कृष्ट बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गर्दै शिक्षकलाई आवश्यक पर्ने १०१ शैक्षिक पद्धतीका बारेमा तालिम दिएको जानकारी दिए । उनका अनुसार भोली पनी बिद्यालय, बिद्यार्थी र शिक्षकहरुलाई उत्कृष्ट बनाउनका लागि पाठ्यक्रममा आधारित तालिम दिईने छ ।