चरम गर्मीका कारण गर्भको बच्चा खेर जाने खतरा दोब्बर

चरम अर्थात अत्यधिक गर्मीका कारण गर्भको बच्चा खेर जाने जोखिम दोब्बर हुने एक अध्ययनले जनाएको छ । यो समस्या जुनसुकै देशका महिलाहरुलाई पनि हुने गर्छ

भारतमा गरिएको अध्ययनअनुसार चरम गर्मीमा काम गर्ने महिलाहरूमा पेटमै बच्चाको मृत्यु हुने जोखिम दोब्बर देखिएको हो । अध्ययनमा भारतको दक्षिणी राज्य तामिलनाडूका ८०० गर्भवती महिलाले भाग लिएका थिए । चेन्नईस्थित श्रीरामचन्द्र इन्स्टिट्यूट अफ हाइअर एजुकेशन एन्ड रिसर्चले गरेको उक्त अध्ययन सन् २०१७ मा थालिएको थियो ।

त्यसमा भाग लिने महिलामध्ये करिब आधा महिलाहरू कृषि, इँटा भट्टा र नुन नै नुन भएको जमिन जस्तो चरम गर्मीमा काम गर्ने गरेका थिए । बाँकी महिला भने विद्यालय, अस्पतालजस्ता तुलनात्मक रूपमा गर्मी कम हुने ठाउँमा काम गर्थे ।

मानव शरीरका लागि कति गर्मीलाई चरम गर्मी भन्ने भनेर तोकिएको छैन । अध्ययनले गर्भवती महिलाकाबारे चिन्ता थपिएको अध्ययनकर्ताहरूले बताएका छन ।
अध्ययनका अनुसार यसको समाधान गर्भवती महिलाहरुलाई राज्यबाट पाउने क्षयतीपुर्तीको व्यवस्था पाउने र कामदार महिलाहरुको हाकिममा पनि भर पर्ने जनाएको छ ।