किन हुन्छ पत्थरी ? यसकाे उपचार विधि के हाे ?


पत्थरी अहिले प्राय मानिसहरुलाई देखिन्छ । व्यस्त जिवनशैली र दौडधुपले आफ्नो शरिरलाई ख्यालवास्ता गर्दैनन् । तिर्खा लाग्दा मात्रै पानि खाने बानीले शरिरमा पानीको मात्रा कम हुन्छ ।
ग्रान्डी अस्पताल धापासीमा कार्यरत डा.सुरेन्द्रविक्रम अधिकारी युरोलोजिष्ट, का अनुसार शरिरमा दुईवटा किड्नी हुन्छ । हामीले खाएको पानी फिल्टर गर्ने काम किड्नीको हो । हामीले खाएको पानी किड्नीले फिल्टर गरेर पिसावको माध्यामबाट बाहिर फाल्छौँ । जब हामीले कम पानी खान्छौँ, त्यति नै शरिरमा पानीको मात्रा कम हुन जान्छ । पानीको मात्रा कम हुँदा पिसाव कम हुन्छ । जब शरिरमा पानी र पिसावको मात्रा कम हुन्छ, तब किड्नीमा पत्थरी बन्ने सम्भावना बढ्दै जान्छ । ६/७ मिलिमिटरसम्मको पत्थरी धेरै पानी पिउँदा आफैं बगेर जाने सम्भावना हुन्छ । त्योभन्दा बढी पत्थरी भयो भने शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ ।
उनका अनुसार पानी कम खाने, बढी गर्मीमा काम गर्ने, पसिना धेरै बग्ने तर पानी कम खाने व्यक्तिमा मिर्गौला सम्बन्धी पत्थरी धेरै देखिने गर्छ । कतिपय अवस्थामा यो समस्या हुनाको कारण थाहा नभए पनि शारीरिक व्यायाम कम गर्ने तथा आरामदायी जीवन बिताउने मानिसमा पनि यो समस्या देखिने गरेको पाइन्छ ।
उपचार विधि
पत्थरीको आकार, पत्थरीको स्थान र बिरामीको अवस्थामा पत्थरीको उपचार प्रक्रिया निर्भर रहन्छ । बिरामीमा पत्थरी कस्तो किसिमको हो भन्ने कुरामा उपचार फरक पर्छ । किनकि कुनै पत्थरी बालुवाजस्तो नरम हुने र कुनै पत्थरी ढुंगाजस्तो साह्रो हुने भएकाले कुन विधिबाट उपचार सफल हुन्छ भन्ने कुरामा विचार पुर्यापउनुपर्ने हुन्छ त।
किड्नीमा पत्थरी जम्न नदिनका लागि धेरै मात्रामा झोल कुराको सेवन गर्नुपर्ने हुन्छ । दुई सेन्टिमिटरसम्मको पत्थरीलाई हामीले घाउ नबनाइकन पिसावको नलीबाट गएर लेजरको माध्यामबाट ढुंगालाई फुटालेर बाहिर निकालिन्छ । जसलाई आरआइआरएस विधि भनिन्छ ।
दुई सेन्टिमिटरभन्दा बढी पत्थरी भएमा हामीले सानो प्वाल बनाई पत्थर फुटालेर बाहिर निकालिन्छ । जसलाई पीसीएनएल भनिन्छ । अहिले शल्यक्रिया गरेर पत्थरी निकाल्ने क्रम भने हराउँदै गएको छ ।
डा. अधिकारीका अनुसार शरिरमा पत्थरी हुन नदिनका लागि उपयुक्त पौष्टिक आहार, पानिको मात्रा र व्याम गर्नु पर्छ । यसले पत्थरी लगाएत अन्य रोगहरु बाट टाढा राख्न मदत गर्दछ ।