कुन कुन रोगका बिरामीले दुध पिउनु हुदैन ? जान्नुहोस

दुधलाई धेरै पौष्टिक तत्वले भरिपुर्ण मानिन्छ । दुध बालबालिका, बृद्ध, कमजोर तथा जुनसुकै उमेरसमुहको व्यक्तिले पिउन मिल्छ । यसलाई पिउनु फाइदाजनक हुन्छ ।
तर, थाहा पाउनु भएको छ शरिरका केही त्यस्ता समस्याहरु हुन्छन, जसमा दुध पिउनु हानिकारक पनि हुन सक्छ । आज यसबारे जानकारी हेर्नुहोस ।
यदि तपाईंलाई फ्याटी लिवरको समस्या छ भने दूधसँग दुरी बनाउनुहोस । यस्तो नगर्दा लिवरमा फ्याट जम्मा हुन थाल्छ जसले सुन्निने समस्या हुन्छ ।
यदि तपाईंलाई दूध तथा दूधबाट बनेको चीजहरु खाँदा पेटमा समस्या हुन्छ, वान्ता आउँछ भने पनि दूध पिउनु हुँदैन ।
कतिपय मानिसहरुलाई दूधको एलर्जी हुने भएकाले दूध सेवन गर्दा वान्ता आउने तथा दिशामा रगत आउने जस्तो समस्या हुन्छ । त्यस्ता व्यक्तिहरु दूध पिउनबाट बच्नुपर्छ ।
यदि तपाईंलाई पाचनसँग जोडिएका समस्याहरु भइरहन्छन् भने पनि दूध पिउनुहुँदैन । दूध पिउँदा कतिपयलाई ग्यास्ट्रिक, अपच, कब्जियत आदि समस्याहरु हुन सक्छ ।
यदि तपाईंलाई दूध पिउँदा डन्डीफोर आउने समस्या छ भने पनि दूध नपिउनुहोस् । दूध पिउन नछोड्दा यस्तो छालाको समस्या अझै बढ्ने सम्भावना हुन्छ ।
शरीर सुन्निने समस्या हुँदा पनि दूध पिउनु हुँदैन । यस्तो अवस्थामा दूध तपाईंको स्वास्थ्यका लागि अझै नोक्सानदायक हुन सक्छ ।
हर्मोनल असन्तुलनको समस्या हुँदा पनि दूध पिउनु नोक्सानदायक सावित हुन सक्छ । यसले शरीरमा इन्सुलिन र हर्मोनको स्तरमा प्रभाव पर्दछ ।
त्यसैले शरिरमा यसता खाले समस्या छन भने चिकित्सकको सल्लाह अनुसार दुधको सेवन गर्नुहोस ।