सानाे उमेरमै कपाल किन फुल्छ ? राेकथामका उपाय के हुन ? हेर्नुहाेस

अहिलेको समयमा कम उमेरमा नै धेरैजसो मानिसहरुको कपाल सेतो आउने समस्या छ । यस्तो समस्या बढ्नुको मुख्य कारण धेरै व्यस्त र परिवर्तित जीवनशैलीले हो । साथै स्याहारको कमीले यो समस्या निम्त्याउछ । हामी धेरै व्यस्त रहने तथा कपाललाई खासै महत्व नदिने बानीले पनि यो समस्या आउने गर्छ । त्यसैले कम उमेरमै कपाल फुल्नुको पछाडी केही बानी व्यवहारहरु पनि जिम्मेवार हुन्छन ।

त्यसैले हामी आज त्यस्तै केही बानी व्यवहारहरुका बारेमा बताउनेछौं, जसलाई परिवर्तन गरेर तपाईं चाँडै कपाल फुल्ने समस्याबाट जोगिन सक्नुहुन्छ ।

हिजोआज अत्यधिक मानिस कपालमा तेल लगाउँदैनन् जसले गर्दा स्काल्पले पर्याप्त मात्रामा पोषण पाउँदैन । यसले गर्दा कपाल फुल्ने समस्या चाँडो हुन थाल्छ । त्यसैले समय-समयमा कपालमा तेल अवश्य लगाउनुहोस् ।

बजारमा विभिन्न प्रकारका प्रशोधित तथा रसायनयुक्त सौन्दर्य सामग्रीहरु, स्याम्पु आदि पाइन्छन् । जसलाई मानिसले लगातार लामो समय खराब सामग्री प्रयोग गरिरहँदा पनि कपालमा विभिन्न समस्या देखिन थाल्छ । जसमध्ये एउटा कपाल फुल्ने समस्या पनि हो ।

कामको तनाव वा अन्य जीवनको तनावले गर्दा पनि कपाल सेतो हुन थाल्छ । अत्यधिक तनावले शारिरीक तथा मानसिकसँगै कपाल फुल्ने समस्या पनि निम्त्याउँछ ।
कतिपय बच्चा तथा युवामै कपाल फुल्ने समस्या वंशाणुगत पनि हुने गर्छ । यदी तपाईंको आमाबुवा वा हजुरबुवा/हजुरआमामा यस्तो समस्या थियो भने तपाईंमा पनि यस्तो समस्या हुन सक्छ ।
आफ्नो पुरा शरिरलाई स्वस्थ राख्न चाहानुहुन्छ भने अन्य भाग जस्तै कपाललाई पनि विशेष ध्यान दिनुहोस ।

विशेष गरि नेपालि समाजमा कपाल फुल्ने भनेकाे बुढेसकाल काे सुरू भन्ने मान्यता छ । साथै कम उमेरमै कपाल फुल्नुकाे पछाडि अन्य खतरा पनि हुन सक्छ ।