तनावका कारणले बढ्ने कोलेस्ट्रोलको असर बारे जान्नुहोस


प्राय मानिसहरु कामकाजका लागि बढी व्यस्त रहने तथा असन्तुलित खानपानको असरले तनावमा रहने गर्दछन । यस्तोमा कयौंपटक तनाव पनि विभिन्न गम्भीर रोगको कारण बन्न सक्छ । जसले स्वास्थमा नोक्सान पनि गर्छ ।
के तनावको कारणले शरीरमा कोलेस्ट्रोल पनि बढ्न सक्छ ?
यसबारे जानकारी डा.तारा कोइरालाका अनुसार, कालेस्ट्रोल मानिसहरुलाई नभई नहुने पदार्थ हो । तर यसको मात्रा सही तरिकाले सन्तुलनमा राख्नु पर्दछ । कुनै पनि मानिसलाई कोलेस्ट्रोल २०० भन्दा कम हनु पर्दछ । यसभन्दा माथिको लेवल भएमा रक्तचाप प्रकृया बढ्छ । हाम्रो शरिरमा कोलेस्ट्रोलको उत्पादन खाइने खानाहरुबाट र फोक्सोबाट निस्कन्छ ।
धेरै तनावमा बसीरहेका मानिसहरुमा कोलेस्ट्रोल बढ्नु मख्य कारण हो । कोइरालाका अनुसार साधारण मानिसले पाँच पाँच वर्षमा जाँच गराउनु पर्छ भने सुगर, थाइराइड, पेसर भएका प्रत्येक बिरामीले वर्ष वर्ष मा कोलेस्ट्रोल जाँच गराउनु जरुरी छ ।
धेरै तनावमा रहने व्यक्तिको रिस र शरीरमा कोलेस्ट्रोलको स्तर बढ्ने बताएका छन । जब व्यक्ति प्रेसरमा हुन्छ तब शरीरमा कोर्टिसोल हर्मोन बढ्न थाल्छ जसले गर्दा कोलेस्ट्रोल पनि बढ्छ ।
तनावमा रहँदा खराब कोलेस्ट्रोल मात्र नभएर ट्राइग्लिसराइड्स पनि बढ्छ जसले शरीरमा ब्लड फ्याटलाई पनि बढावा दिन्छ । यसले धेरै विमारीहरुको खतरा समेत बढ्छ ।
शरीरमा खराब कोलेस्ट्रोल बढ्दा आँखाको वरिपरि छालामा पहेंलोपन, अनुहारको छालामा चिलाउने र उच्च रक्तचाप जस्ता संकेतहरु देखिन्छन् । उच्च कोलेस्ट्रोलको समस्या तनाव, मोटोपन, उच्च रक्तचाप, खराब खानपान, रक्सी तथा धुम्रपान आदिले हुने गर्दछ ।
शरीरमा खराब कोलेस्ट्रोल बढ्दा शरीरको रक्तचाप उच्च हुने, टाइप २ डायबिटिज, हृदयघात आदि जस्ता रोगको खतरा बढ्दछ ।
यदि तपाईं कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न चाहनुहुन्छ भने सबैभन्दा पहिला शान्त रहेर काम गर्नुहोस । खराब कोलेस्ट्रोल हुनु भनेको खराब खानपान, जीवनशैली मात्र नभएर तनाव पनि हो । त्यसैले तनाव कम गर्नका लागि मेडिटेशन, कसरत, योगा, पूरा निद्रा लिने गर्नुहोस । जसले गर्दा तनाव कम हुन्छ