यूरिक एसिड घटाउने खानाहरु

यूरिक एसिड घटाउने खानाहरु बारे हेर्नुहाेस ।
शरीरमा यूरिक एसिड बढ्नु भनेको गम्भीर समस्या हो । किड्नीको काम भनेको यूरिक एसिडलाई फिल्टर गर्नु हो । शरीरमा यसको लेवल बढ्दा जोर्नीहरु दुख्ने तथा सुन्निने समस्या हुने गर्छ । यो शरीरमा प्रोटीनबाट एमिनो अम्लको रूपमा प्राप्त हुन्छ । यसको स्तर महिला र पुरुष मा भिन्न हुन्छ ।

यूरिक एसिडलाई नियन्त्रण गर्नका लागि केही खानेकुराहरु छन तिनको सेवन गर्न सकिन्छ । यी खानेकुराहरुले बढेको यूरिक एसिडलाई नियन्त्रण गर्न सहयोग गर्दछन । यस्ता बिरामीले दैनिक ४ देखि ५ लिटर थारै थोरै गरेर पानि पिउनु पर्छ । त्यतै केरामा पाइने तत्वले यूरिक एसिडलाई प्राकृतिक तरिकाले नियन्त्रण गर्न सहयोग गर्दछ ।

कफीले पनि यूरिक एसिडको उत्पादनको दरलाई कम गर्ने गर्छ । त्यस्तै अमिलो फलहरु खाँदा पनि यूरिक एसिड बढ्दैन ।

यूरिक एसिड नियन्त्रण गर्नका लागि खासगरी फाइबर भएका चीजहरुको सेवन गर्नुपर्दछ । युरिक एसिड का विरामीले धेरै प्रोटिन भएका खानेकुरा साथै जाडरक्सि सेवन गर्नु हुदैन ।