रुघाखोकी र फ्लुभिडका लक्षण कसरी छुट्याउने र्हेर्नुहोस ।

रुघाखोकी र फ्लुभिडका लक्षण कसरी छुट्याउने र्हेर्नुहोस यस बारे ।
अहिलेको परिप्रेक्षमा समुदायमा रुघाखोकी ज्वरोले प्रकोपको रूप लिंदै गइरहेको देखिन्छ । यसमा प्राय बालबालबालिकाहरुमा बढी प्रभावित भएको देखिन्छ । यद्यपि जुनसुकै उमेर समूहका बालबालिकाहरुमा संक्रमणबाट टाढा नरहेको तपाईं हाम्रो घर वा कार्यस्थलमा जता पनि देखिन्छ ।
ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक लेखक शुक्रराजका अनुुसार धेरैले रुघाखोकी ज्वरोलाई सामान्य रूपमा लिने गर्दछन । धेरैजसो ८-१० दिनको आरामपछि स्वास्थ्यमा सुधार हुँदै जाने पनि गर्दछ । तर यी लक्षणहरू हाल धेरैमा केही कडा देखिएको छ । बालकालिकाहरुमा गहिरो असर देखिन थालेको छ । धेरैको स्वर समेत भासिएको देखिन्छ । विशेषतः रुघाखोकी ज्वरो प्रकोपमा बालबालिका, रोग प्रतिरोधात्मक कमजोर भएका, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरूमा जटिलताको जोखिम बढी हुने गर्दछ ।
लेखक शुक्रराजका अनुुसार, हाल यत्रतत्र फैलिरहेको रुघाखोकी ज्वरो प्रकोप कुनै एक संक्रमणलाई मात्र कारक मान्ने अवस्था देखिंदैन । तर तथ्यांकलाई आधार मान्ने हो भने फ्लु र कोभिड दुई भाइरस पुष्टि र सक्रिय भएको देखिन्छ । मौसम परिवर्तनसँगै फ्लु भाइरस विशेषतः फेब्रुअरी-मार्च महिनामा सक्रिय हुनु अनुमानित नै हो भने कोभिडको खासै निश्चित सक्रिय मौसम देखिंदैन । हाल फ्लु र कोभिड भाइरससँगै देखिएकोले लेखकले यसलाई ‘फ्लुभिड’ नाम दिएको हो ।
उनका अनुसार, ‘इन्फ्लुएन्जा’ भाइरसलाई छोटकरीमा ‘फ्लु’ भन्ने गरिन्छ । अझ सर्वसाधारणले त ‘भाइरल’ भन्ने गरेको समेत पाइन्छ । तथ्यांक हेर्ने हो भने फेब्रुअरी-मार्च र अगस्ट-सेप्टेम्बर गरी वर्षमा दुई पटक नेपालमा फ्लुले प्रकोपको रूप लिने गर्दछ । यद्यपि ट्रपिकल क्षेत्रमा वर्षैभरि फ्लु देखिने अनुसन्धानहरूको निचोडले देखाउँछ ।
फ्लुलाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरेर चार भागमा विभाजित गरिएको छ । फ्लु ‘ए’ र ‘बी’ले विशेषगरी मानिसलाई बढी दुःख दिने गरेको पाइन्छ । फ्लु ‘ए’ अन्तर्गत ‘एच वान एन वान’ पीडीएम ०९ (सर्वसाधारणले स्वाइन फ्लुको नामले चिन्ने गर्छ) र ‘एच थ्री एन २’ (हङकङ फ्लु पनि भन्ने गरिन्छ) बढी र हरेक सिजनमा सक्रिय भएको देखिन्छ ।
‘एच वान एन वान’ पीडीएम ०९ फ्लुलाई सन् २००९ मा प्यानडेमिक घोषणा गरिएको थियो । सो समय झण्डै एकदेखि दुई लाखसम्मको मृत्यु यही भाइरसको कारणले भएको अनुसन्धानले देखाउँछ भने उनीहरू धेरैजसो ६५ वर्षमुनिका थिए । विश्व स्वास्थ्य संगठनले १८ हजार ६३१ जनाको मृत्यु भएको तथ्यांक निकालेको भएपनि स्वतन्त्र अनुसन्धानकर्ताहरूको अनुसन्धानले योभन्दा १० गुणा बढीको मृत्यु भएको देखाएका छन ।
हालको तथ्यांक हेर्ने हो भने ‘एच वान एन वान’ पीडीएम ०९ फ्लु बढी पुष्टि भएको देखिन्छ । त्यस्तै ‘एच थ्री एन २’ र फ्लु ‘बी’ भाइरसहरू पनि सँगसँगै देखिएका छन । अचानक ज्वरो आउनु, खोकी लाग्नु, नाकबाट पानी बग्नु, घाँटी दुख्नु, शरीर दुख्नु तथा थकित हुनु फ्लुका मुख्य लक्षणहरू हुन ।
हाल यस्ता लक्षणसहित धेरै मानिस समुदायमा देख्न सकिन्छ । कतिपयलाई ज्वरोले एक-दुई दिनमा छोडे पनि खोकीले भने हप्तौं वा महिनौंसम्म पनि दुःख दिइरहेका देखिन्छन । फ्लु कडा देखिए निमोनिया गराउने सम्भावना बढेर जान्छ ।
कोभिड-१९ को बहुलहरबाट छुटकारा पाएको धेरै भएको छैन र सम्भवतः धेरैले ती अत्यासपूणर् लहरहरू सायदै बिर्सिसकेको पनि होलान् । धेरैमा फ्लुका जस्तै लक्षणहरू देखिंदै गर्दा परीक्षणको क्रममा कोभिड पनि पछिल्लो हप्ताको तुलनामा बढ्दै गइरहेको देखिन्छ ।
छिमेकी देश भारतमा पनि हाल कोभिड तुलनात्मक रूपमा बढेको विभिन्न सञ्चारका मध्यमहरूले जनाएका छन । फ्लु र कोभिडको लक्षणहरू एकअर्कासँग धेरै मिल्दोजुल्दो हुने हुँदा प्रयोगशाला परीक्षण विना छुट्याउन सहज हुँदैन । नेपालमा ओमिक्रोन भेरियन्ट’का विभिन्न उपप्रजातिहरू देखिने क्रम जारी छ । र, यसका लक्षणहरू माउ ‘ओमिक्रोन’ भन्दा खासै फरक देखिंदैन ।
सबैले आफ्ने आफ्नो घरमा बालबालिका, ज्यष्ट नागरिक र गर्भवती भएका महिलाहरु खानपान विभिन्न भिटामिन हरुको सन्तुलन मिलाउन जरुरी छ ।