माउथ अल्सर किन हुन्छ र यसको रोगथाम कसरी गर्ने ?

EK6FF5 Close up Children with aphtha on lip

माउथ अल्सर किन हुन्छ र यसको रोगथाम कसरी गर्ने ? हेर्नुहाेस

फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. रन्जित बराल अनुसार माउथ अल्सर गिजा, ओठ, जिब्रो, मुख, गाला वा घाँटीका भित्री भागमा उब्जिने मसिनो बिबिरा हो । यस अल्सरले सुरूमा यो सानो र खासै असर नगर्ने तर छोटो समयमै विकसित हुँदै गएपछि बिरामीलाई खाना खाने वा बोल्ने क्रममा दुखाइ हुन्छ । बिरामीले पिरो, नुनिलो वा अमिलो खानेकुरा खाँदा झन् दुखाइ बढ्न सक्छ ।
उनका अनुसार माउथ अल्सर एकैपटक एक वा धेरै संख्यामा हुन सक्छ । माउथ अल्सर विभिन्न प्रकारका हुन्छन । तीमध्ये एक ‘एप्थस अल्सर’ (केङ्कर सोर) भनिने अल्सर सबभन्दा सामान्य माउथ अल्सर हो । यो हुनुको यकिन कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन तर शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएको अवस्थामा यसको सम्भावना बढी हुन्छ । जो शारिरिक रुपमा कमजोर हुन्छन त्यस्ता व्यक्तिलाई छिटो हुने गर्छ ।
एप्थस अल्सर हुने मुख्यतः कारण शरीरलाई आवश्यक पर्ने भिटामिन बि-१२ जस्तो पौष्टिक तत्वको कमी हुन सक्छ । पौष्टिक तत्वको अभावका कारण एप्थस अल्सर भएको अवस्थामा सम्बन्धित चिकित्सकको परामर्शमा रगतको परीक्षण गर्नुपर्ने हुन्छ ।
तनाव (इमोसनल स्ट्रेस) बढी भएमा पनि एप्थस अल्सर हुन सक्छ ।
आनुवंशिक कारणले पनि एप्थस अल्सर हुन सक्छ । यद्यपि केही व्यक्तिलाई भने एप्थस अल्सर बिनाकारण समय समयमा हुन सक्छ । यसलाई ‘इडियोप्याथिक’ प्रकारको अल्सर भनिन्छ ।
डा. रन्जित बरालका अनुसार एप्थस अल्सर हुनुको कारणमा हर्पिस भाइरस-६ टाइपसँग पनि जोडेको पाइन्छ । सामान्यतः कुनै पनि प्रकारको माउथ अल्सर १० देखि १४ दिनको अवधिमा बिना उपचार आफैं ठीक हुन्छ । तीन हप्ता (२१ दिन) पछि पनि ठीक नभएको अवस्थामा दन्त चिकित्सक, जनरल फिजिसियन वा सम्बन्धित चिकित्सकलाई देखाउन सकिन्छ ।
उपचार गर्ने विधिमा लोकल एन्टिसेप्टिक एनेस्थेटिकका साथै माउथ-रिन्स र भिटामिन बि-१२ कम्प्लेक्सका पूरक (सप्लिमेन्ट) चक्की प्रयोग गर्न सकिन्छ । गम्भीर प्रकृतिको अल्सर हो भने ओरल (मुखबाट दिइने वा मुखमा प्रयोग हुने) एन्टिबायोटिक्स पनि प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ ।
यसलाई रोकथाम गर्ने उपायहरु
पौष्टिक तत्व भएको सन्तुलित भोजन खानुपर्छ । निद्रा र आराम पर्याप्त मात्रामा हुनुपर्छ । यसले माउथ अल्सर मात्र नभएर अन्य रोगहरू पनि रोकथाम गर्न ठूलो भूमिका खेल्छ च।
एप्थस अल्सर र ‘स्टोमाटाइटिस’ जस्तो अर्को गम्भीर प्रकृतिको माउथ अल्सर फरक हुन भनेर बुझ्नुपर्छ । स्टोमाटाइटिसमा मुख रातो भएर सुनिन्छ, जुन प्रायः सिस्टमिक रोग (सम्पूणर् शरीरलाई प्रभावित गर्ने) को लक्षण हो ।
माउथ अल्सर निश्चित अवधिमा निको नभएमा ‘इन्सिसनल बायोप्सी’ गर्न सकिन्छ, जहाँ शल्यक्रिया गरी संक्रमित भागलाई नमूनाको रूपमा परीक्षण गर्न र निदान गर्न झिकिन्छ ।
यी विभिन्नखाले माउथ अल्सरहरुले असर गर्ने देखिदा सामान्य तर धेरै समयपछि यसले डरलाग्दो रुप लिने भएकाले समयमै भिटामिन तथा सबै पौष्टिक आहारमा ध्यान पर्याउनु पर्छ ।