बहुसास्कृतिक मनोसामाजिक संस्था नेपालले गर्यो बिद्यार्थीहरुका बिच कार्यक्रम

बहुसास्कृतिक मनोसामाजिक संस्था नेपाल (टि.पि.ओ) ले बिद्यार्थीहरुका बिचमा कार्यक्रम सम्मपन्न गरेको छ । संस्थाबाट खटिएका मनोसामाजिक परिचालकहरुले चिंगार्ड गाँउपालिकाको रानिवासमा रहेको श्री जनता मावी रानिवासमा कार्यक्रम संचालन गरेका थिए ।

सस्थाले बिद्यालयमा अध्ययनरत किशोर र किशोरीहरुका लागि आधारभुम मनोसामाजिक सहयोग तथा भावनात्मक र सामाजिक सिप बिकास कार्यक्रम संचालन गरेको थियो । कार्यक्रमका क्रममा किशोर र किशोरीहरुलाई मनोसामाजिक समस्याहरुको कसरी सामना गर्ने ? मानसिक स्वास्थ्यमा कसरी ध्यान दिने ? जस्ता कुराहरुको बारेमा छलफल गरेको थियो ।
बिद्यार्थीहरुका बिचमा यो कार्यक्रमले एकदमै राम्रो प्रभाव पारेको बिद्यालयका प्रधानाध्याप बिनोद कुमार यादवले बताएका छन् । उनले भने यो सस्थाले आज जुन कार्यक्रम गर्यो यसले हाम्रो बिद्यालयमा अध्ययनरत किशोर र किशोरीहरुका बिचमा मानसिक स्वास्थ्य सम्बन्धी छुट्टै ज्ञान दिएको छ ।

बिद्यार्थीहरुका बिचमा कार्यक्रम गरी उनिहरुको मनोसामाजिक स्वास्थ्यमा बिषेश ज्ञान दिएको भन्दै उनले कार्यक्रम आयोजक सस्थालाई धन्यबाद दिदै यस प्रकारका कार्यक्रम आगामी दिनमा पनी संचालन गर्ने वातावरण मिलाउन आग्रह समेत गरेका छन् ।