के तपाई रातमा खाली पेट सुत्ने गर्नु भएको छ ? यसले असर गर्छ कि गर्दैन हेर्नुहोस ।

के तपाई रातमा खाली पेट सुत्ने गर्नु भएको छ ? यसले असर गर्छ कि गर्दैन हेर्नुहोस । यसबारे चर्चा गराै ।

प्राय मोटोपन भएका मानिस आफ्नो तौल कम गर्ने मनसायले रातमा खाली पेट नै सुत्ने गर्छन । तर के रातको खाना नखानु स्वास्थ्यका लागि राम्रो हुन्छ ? आउनुहोस् यसबारे जानकारी लिनुहोस ।
यदी तपाईं पनि तौल कम गर्नका लागि रातमा खाली पेट सुत्नुहुन्छ भने तपाईंले यो बानी आजैदेखि परिवर्तन गर्नुपर्दछ । यसले तपाईंको तौल घट्नुको साटो अन्य धेरै समस्याहरु हुन सक्छन ।

रातमा खाना नखाँदा शरीरमा हर्मोनल असन्तुलन हुन सक्छ । यसले शरीरको मेटाबोलिज्म प्रोसेसमा नराम्रो असर पर्दछ र तौल घट्न झनै समस्या हुन्छ ।
यदी तपाईं रातमा खाली पेट सुत्नुहुन्छ भने तपाईंको ऊर्जा क्षमता एकदमै कम हुन सक्छ । तपाईं पूरा दिन थकान महसुस गर्नुहुन्छ र शरीरमा कैयौं अन्य साना ठूला समस्याहरु हुन्छन ।
यदी तपाईं रातको खाना खानुहुन्न भने तपाईं रातमा आनन्दसँग सुत्न पनि सक्नुहुन्न । खाली पेट सुत्दा रातमा पटक पटक तपाईंको दिमागले भोको भएको संकेत दिइरहन्छ जसले गर्दा निद्रा लाग्दैन ।

जो व्यक्तिले रातमा खाना खाँदैनन उनीहरुको मांसपेशीहरु पनि कमजोर हुने गर्छ । खाली पेट सुत्दा प्रोटिन र अमिनो एसिडको कार्यक्षमतामा पनि नराम्रो असर पर्दछ । यदी तपाईं रातमा खाना खानुहुन्न भने तपाईं अर्को दिन उठेर चिडचिडापन महसुस गर्नुहुन्छ । तपाईंको मुड खराब नै बनिरहन्छ ।
खाली पेट सुत्दा इन्सुलिन लेवल पनि बिग्रन सक्छ । साथमा कोलेस्ट्रोल र थाइराइडको स्तर पनि बिग्रन्छ । यसले अन्य कैयौं समस्याहरु हुन सक्छन ।
शरिरलाई स्वस्थ र स्र्फुत बनाउन स्वस्थकर खाना र योगा, व्याम आदिको सन्तुलन मिलाउन जरुरी हुन्छ ।