खुट्टाका नसा ब्लक हुँदा कसरी थाहा पाउने ? यसको निवारण सम्बधी टिप्सहरु

खुट्टाका नसा ब्लक हुँदा कसरी थाहा पाउने ? यसको निवारण सम्बधी टिप्सहरु
खुट्टाका नसा ब्लक हुँदा कसरी थाहा पाउने ? यसको निवारण सम्बधि टिप्सहरु बारे जानकारी हेर्नुहोस ।
यदि तपाइँको खुट्टामा धेरैजसो दुखाई, नसा निला देखिने तथा हिँड्ने समयमा ऐंठनको समस्या भइरहेको छ भने यस्तो समस्याहरु नसा ब्लक हुने कारण हुन सक्छ । यदि यस्तो छ भने नसा विशेषज्ञबाट जानौं खुट्टाका नसा ब्लक हुँदा कस्ता खालका लक्षणहरु देखिन्छन ।

नसामा ब्लकेजको समस्या हुँदा खुट्टामा रगत सही तरिकाले पुग्दैन र नसामा एकदमै दबाव पर्न थाल्छ । यसले नसा ड्यामेज हुन्छन् र खुट्टामा दुखाई हुने गर्छ ।

खुट्टाका नसा ब्लक हुनुका पछाडि धेरै कारणहरु हुन सक्छन् । जस्तै नसामा कोलेस्ट्रोल बढ्नु, उच्च रक्तचाप, प्रर्याप्त निद्रा नलिनु, धुम्रपान, खैनी आदिको सेवन तथा मधुमेह जस्ता विभिन्न समस्याहरु हुन सक्छन ।

यदी नसामा ब्लकेजको समस्या भयो भने मानिसका खुट्टा प्रायः चिसा हुने गर्छन । यो समस्या जाडो तथा गर्मी दुबै मौसममा हुन सक्छ ।

खुट्टाको नसा ब्लक हुँदा घुँडादेखि तलको भाग सुन्निने समस्या हुन सक्छ । यसले सम्पूणर् खुट्टा सुन्निन पनि थाल्छ ।

नसा ब्लक भएको अवस्थामा खुट्टामा निलो तथा गाढा कालो रंगका नसाहरु देखिन सक्छन ।

नसा ब्लक हुनबाट बच्नका लागि तपाईं स्वस्थ खानपानको सेवन गर्न सक्नुहुन्छ । यसका साथै कसरतमा पनि विशेष ध्यान दिनुहोस् । तपाईं धुम्रपान आदि सेवन नगर्नुहोस ।

शरिर स्वस्थकर बनाउन खानपान र कसरत को व्यवस्थापन गर्नु पर्छ । सधै फुर्तिलो र स्वस्थ रहेर दैनिक कामकाज गर्न सकिन्छ ।