हरेक बिहान खालि पेट जिरा पानी पिउनुका फाइदाहरु

हरेक बिहान खालि पेट जिरा पानी पिउनुका फाइदाहरु
बिहान उठ्ने वित्तिकै खाली पेटमा हामी मन तातो पिउँछौ । कसैले शरिरलाई स्वस्थ रहनका लागि कोही मनतातो पानि पिउछन । कोही आर्युबेद दाना हरु भिजाएर तयार पारेको पानि सेवन गर्छन । यसै मध्ये एक जिरा पानि पनि चर्चित पेय पदार्थ हो ।रातभर जिरालाई पानीमा भिजाएर बन्ने पानी नै जिरा पानी हो । यो पानीले पाचनलाई त राम्रो बनाउँछ नै तौल घटाउन पनि त्यत्तिकै उपयोगी छ । जिरामा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मेटाबोलिजम बढाउन मद्दत गर्छ, पाचन सुधार्छ अनि पेट डुम्म फुल्ने समस्या पनि कम गर्छ । हरेक बिहान जिरा पानीको सेवन दिनको सुरुआत गर्ने राम्रो तरिका हो

जिरा पानी पिउँदाको फाइदाहरू निम्न छन ।

पाचनमा सुधारः
जिरामा पाचनका लागि अत्यावश्यक इन्जाइम स्टिमुलेट गर्ने यौगिक हुन्छ । बिहान जिरा पानी सेवन गर्दा पाचन राम्रो हुन्छ अनि अपच हुने, पेट फुल्ने र कब्जियत लगायत समस्याहरू रोक्न सकिन्छ ।

मेटाबोलिजम बढाउँछः
जिराको दानामा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । यसले मेटाबोलिजम बढाउँछ । दिनहुँ जिरा पानीको सेवनले क्यालोरी बर्न गर्न सघाउँछ अनि तौल व्यवस्थापनमा पनि सहयोग मिल्छ ।

पेट फुल्ने समस्या हटाउँछः
जिरा पानीमा पेटमा ग्यास जम्मा हुने अनि पेट फुल्ने समस्या कम गर्ने कार्मिनेटिभ तत्त्वहरू हुन्छ । यसले पाचन इन्जाइमको उत्पादन बढाएर ग्यास्ट्रोइन्टेष्टाइनल ट्र्याक्टमा ग्यास बन्न दिँदैन ।

तौल घटाउन सहयोगीः
जिरा पानीमा मेटाबोलिजम बढाउने तत्त्वहरू हुन्छ । एका बिहानै जिरा पानीको सेवनले मेटाबोलिजम बढाउँछ, दिनभर नै प्रभावकारी ढङ्गले क्यालोरी बर्न गर्न सघाउँछ । जिरा पानीले भोक कम गराउँछ, लामो समयसम्म पेट भरिएको महसुस गराउँछ अनि के खाउँ के खाउँ हुन दिँदैन अनि तौल घटाउन मद्दत गर्छ ।

डिटक्सिफिकेसन
जिरा पानी प्राकृतिक डिटक्सीफायर हो । यसले शरीरमा भएका टक्सिनहरूलाई शरीरबाट निकाल्ने मद्दत गर्छ । यसले कलेजोलाई बाइल उत्पादन गर्न प्रेरित गर्छ । यसले फ्याटहरू टुक्राउन र शरीरबाट फोहोर निकाल्न मद्दत गर्छ ।

प्रतिरक्षामा सुधारः
जिराको दानाहरूमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोबायल तत्त्वहरू पाइन्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । जिरा पानीको दिनहुँ सेवनले सङ्क्रमण, चिसो र अन्य बिरामीविरुद्ध शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ भने हामीलाई स्वस्थ रहन मद्दत गर्छ ।

रगतमा चिनीको मात्रा नियमन गर्छः
जिराले इन्सुलिन संवेदनशीलता र ग्लुकोजको अवशोषणलाई सुधारेर रगतमा चिनीको मात्रा नियमन गर्न मद्दत गर्छ । बिहान जिरा पानीको सेवन गर्दा दिनभर नै शरीरमा चिनीको मात्रा स्थिर राख्न मद्दत मिल्छ ।
जिरा पानिको सेवनको यती धेरै फाइदाहरु छन । स्वस्थ रहन सधै यसको सेवनले विभिन्न दिर्घ रागहरुबाट बच्न सकिन्छ । विहान खालिपेट जिरा पानि सेवन गर्ने बानी बसाल्न स्वस्थ रहन जरुरी छ ।