कुन कुन भिटामिनले उमेर बढाउछ ? हेर्नुहोस यी टिप्सहरु


कुन कुन भिटामिनले उमेर बढाउछ । साथै धेरै वर्ष बाच्न मदत गर्छन ।
संसारमा त्यस्तो को छैन होला जो लामो जीवन जिउन चाहँदैन । तर अहिलेको जो जीवनशैली र खानपान छ त्यसको कारणले मानिसहरुको उमेर लगातार कम हुँदै गइरहेको छ ।
सबैलाई थाहा छ उहिलेको समयमा जहाँ मानिस ८० देखि ९० वर्षसम्म स्वस्थ जीवन जिउने गर्थे, त्यहीँ अहिले मानिसहरुको उमेरमा ३० वर्षपछि नै विभिन्न रोगहरुले घेर्न थाल्छ । मानिसहरुले ब्याम संगै खाना पनि त्यतिकै ध्यान दिन जरुरी छ ।
लामो उमेर बाँच्नका लागि स्वस्थ रहन एकदमै जरुरी हुन्छ । यदी तपाईं कुनै विमारीले ग्रसित हुनु भएन भने मात्रै स्वस्थ तथा लामो जीवन जिउन सक्नुहुन्छ ।
यहाँ हामी त्यस्ता केही भिटामिनहरुको बारेमा बताउन गइरहेका छौं जो लामो उमेरका लागि एकदमै आवश्यक हुन्छ । किनकी यसले तपाईंलाई स्वस्थ राख्छन् र विमारीबाट जोगाउँछन् ।
भिटामिन डी
यसलाई सनसाइन भिटामिन पनि भनिन्छ । भिटामिन डीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, हड्डीलाई स्वस्थ र मुडलाई राम्रो बनाउने काम गर्छ ।
भिटामिन डीको प्रर्याप्त मात्राले क्यान्सर, अटोइम्यून डिजिज र हृदय रोग जस्ता ज्यान लिने विमारीहरुको जोखिम कम बनाउँछ । सूर्यको रोशनीले शरीरमा यो भिटामिनलाई बनाउन सहयोग गर्छ । माछा तथा माछाको तेल यसको राम्रो स्रोत मानिन्छ । त्यस्तै अन्डा, पनिरमा पनि यसको थोरै मात्रा पाइन्छ ।
भिटामिन सी
एन्टीअक्सीडेन्ट गुणहरुले भरपूर भिटामिन सीले इम्युनिटीलाई बढाउँछ र रक्तकोषिकाहरुमा हुने समस्याबाट बचाउँछ । यसले कोलेजन निर्माण गर्नुका साथै आइरनलाई अवशोषण गर्न पनि सहयोगी हुन्छ ।
प्रर्याप्त मात्रामा भिटामिन सीको सेवन गर्नाले हृदय रोग, कैयौं प्रकारका क्यान्सर र उमेर बढ्दै जाँदा देखिन लक्षणहरु कम हुन्छन् । ब्रोकाउली, भेँडे खुर्सानी, किवी, अमला, सुन्तला तथा अमिलो फलहरुमा भिटामिन सी प्रसस्त पाइन्छ ।
भिटामिन ई
आफ्नो शक्तिशाली एन्टीअक्सीडेन्ट गुणले भरपूर भिटामिन ईले शरीरमा हुने तनाव तथा सुन्निएकोलाई रोक्न सहयोगी हुन्छ । यसले छालालाई स्वस्थ बनाउनुका साथै इम्यूनिटी पनि बढाउँछ । मेवा, बीजहरु, पालक, वनस्पती तेल र अनाजमा यो भरपूर मात्रामा हुन्छ ।
दैनिक खानपानमा यी भिटामिनहरुलाई मिलाएर खादा मानिसको शरिरलाई स्वस्थ बनाउन यसले ठुलो भुमिका खेल्छ ।