भिटामिन ‘डी’ प्राणघातक पनि हुनसक्छ । सावधानी अपनाउन के गर्ने हेर्नुहाेस

भिटामिन ‘डी’ को अत्याधिक सेवनले प्राण समेत जान सक्ने एक अध्ययनले जनाएको छ ।
बेलायतमा भिटामिन ‘डी’ को ओभरडोजले ८९ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । न्यूयोर्क पोष्टका अनुसार डेभिड मिचेनर नाम गरेका ती व्यक्तिलाई अस्पताल पुर्याउँदा उनको शरीरमा भिटामिन ‘डी’ को स्तर अत्यधिक भएको पाइएको थियो ।

उनलाई हाइपरक्याल्सीमिया नामक रोग भएको थियो, जुन शरीरमा क्याल्शियम अत्यधिक निर्माण भएपछि हुनेसंग सम्बन्धित छ र प्राय यो भिटामिन ‘डी’ बढि मात्रामा सेवन गर्नाले हुन्छ । शरीरमा क्याल्शियम अत्यधिक हुनाले उपचार गर्दा गर्दै पनि १० दिनपछि डेभिडको मृत्यु भयो ।

यस घटनालाई लिएर स्थानीय मेडिकल कम्युनिटीका सदस्यले मानिसहरुलाई भिटामिन ‘डी’ को सप्लीमेन्ट अत्यधिक सेवन गर्नु खतरानाक हुने बारेमा चेतावनी दिइरहेका छन । यो घटनापछि सरेका सहायक कोरोनरले पनि एक रिर्पोट जारी गरेका छन, जसमा उनले नियामक निकायहरुलाई भिटामिन डी सप्लीमेन्टको प्याकेजिङमा स्पष्ट चेतावनी दिन अनिवार्य गर्न आग्रह गरेका छन ।
रिपोर्टका अनुसार भिटामिन ‘डी’ सप्लीमेन्टको सेवनसंग सम्बन्धित खतरा अथवा नोक्सानको बारेमा प्याकेजिङमा कुनै चेतावनी दिइएको थिएन । जबसम्म कुनै कारवाही हुदैन, तबसम्म भविष्यमा अझै मृत्यु हुने खतरा हुन्छ भन्ने सुझाव त्यसमा रहेको छ ।

कोरोनरले फूड स्ट्यान्डर्ड एजेन्सी र स्वास्थ्य एवं सामाजिक हेरचाह विभागलाई पनि पत्र लेखेर सप्लीमेन्ट निर्माताहरुलाई प्याकेजिङमा चेतावनी छाप्नका लागि निर्देशन दिन आग्रह गरेका छन ।

कोरोनरले रिपोर्टमा भिटामिन डी सप्लीमेन्टको अत्यधिक मात्रामा सेवन गर्नु गम्भीर जोखिम र नोक्सान हुन सक्ने चेतावनी दिएका छन । वर्तमान फूड लेभलिङ आवश्यकताहरुमा यी खतरा र नोक्सानलाई प्याकेजिङमा लेख्न अनिवार्य नभएको पनि बताएका छन ।

८९ वर्षीय व्यक्तिको शरीरमा भिटामिन डीको स्तर अहिलेसम्मको सबैभन्दा बढी भएको पाइएको थियो । उनको पोस्टमार्टम रिपोर्टमा भिटामिन डीको स्तर ३८० भएको भेटियो । जुन प्रयोगशालाद्वारा दर्ता गरिएको अत्यधिक स्तर हो ।
यो समस्या अपत्यारिलो भएकोले छिटो छिटो जनचेतना फैलाउन र यस समस्या बाट बच्न कारोनरको सल्लाह रहेको छ ।