किशाेरकिशाेरीमा डिप्रेसनकाे समस्या र समाधानका उपाय

पछिल्लो समय प्राय आमाबाबुले आफ्ना किशोर अवस्थाका बच्चाहरूमा धेरै तनाव र डिप्रेसनको समस्या भन्ने गरेका छन । यस उमेरमा पुग्न लागेका बालबालिका आफ्ना समस्या कसैलाई बताउन चाहादैन्न । यस्तो अवस्थामा डिप्रेसन र चिन्ताले उनीहरूको व्यक्तित्व, पढाइ र सामाजिक जीवनलाई नकरात्मक असर गर्छ ।
हेल्थलाइनका अनुसार किशोरावस्थामा डिप्रेसनका लक्षणहरू पहिचान गर्न धेरै कठिन हुन सक्छ । तिनीहरूको उमेर परिवर्तनको कारण अक्सर लक्षणहरू सही रूपमा पहिचान गर्न गाह्रो हुन सक्छ ।

अमेरिकन चाइल्ड एण्ड एडोलेसेन्ट साइकियाट्रीका अनुसार किशोर बालबालिकामा डिप्रेसनको लक्षण पहिचान गर्न केही विशेष लक्षणहरू छन । उदाहरणका लागि, दुःखी हुनु, चिढचिढा हुनु, हरेक कुरामा रुनु, भोक नलाग्नु, तौल बढ्नु, धेरै रिसाउने रमाइलो गतिविधिमा पनि चासो नदेखाउनु आदि ।
यसका अलवा सधैँ बोर हुनु, ऊर्जाको कमी, एकाग्रताको कमी, अपराधबोध, असहाय महसुस, सुत्ने बानीमा ठुलो परिवर्तन, आफूलाई हानि गर्ने कुरा गर्ने, साथीभाइसँग टाढा रहनु, विद्यालयको गतिविधिमा सहभागी नहुने जस्ता लक्षणहरू छन । यसबाहेक विद्यालयको कमजोर प्रदर्शन उनीहरूको समस्याको कारण बनेको छ । यति मात्र होइन कोठामा एक्लै बस्नु वा अन्यसँग दुर्व्यवहार गर्नु आदि पनि किशोरकिशोरीमा डिप्रेसन र एन्जाइटीका लक्षण हुन ।
किशोरकिशोरीमा हने डिप्रेसनका लक्षण पत्ता लगाएमा जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ । यस्ता लक्षणबाट बचाएर सकारात्मक बनाउन सकिन्छ र डिप्रेसन र एन्जाइटीका समस्याबाट बाहिर निस्कन मद्दत मिल्छ । यदि उनीहरूलाई बिहान व्यायाम गर्ने बानी बसालियो भने उनीहरूको शरीरमा ‘फिल गुड’ हर्मोन सक्रिय रहन्छ र उनीहरूको मुड दिनभर राम्रो बन्ने अनुसन्धानले पत्ता लगाएको छ ।
आवश्यक पर्ने निद्रा नपुग्दा पनि किशोर किशोरीहरूले मानसिक रूपमा संघर्ष गर्न थाल्छन भन्ने अनुसन्धानले देखाएको छ । यसका लागि उनीहरूलाई राति सही समयमा सुत्न दिनु आवश्यक छ र कम्तीमा ८ देखि ९ घण्टा सुत्न सल्लाह दिनुपर्छ । यसका साथै उनीहरूको खानपानमा पनि ध्यान दिनु जरुरी हुन्छ । खानामा चिनी र प्रशोधित खाना वा बोसोको मात्रा सकेसम्म कम गर्नु विज्ञको सुझाव छ ।


यसका साथै अभिभावकले पनि केही कुरालाई ध्यानमा राखेर तनाव दिनु हुदैन । यति मात्र होइन बालबालिकालाई उनीहरूबाट अपेक्षा राख्ने बताउनुहोस तर पूरा नभएमा निराश हुनुपर्ने आवश्यकता छैन, आवश्यक परेमा सहयोग माग्न नहिचकिचाउन सुझाव दिनुहोस । मानिससँग राम्रो सम्बन्ध कायम राख्ने, जीवन सरल राख्ने बानीको विकास गर्न सिकाउनुहोस । तर यदि यसले मद्दत गर्दैन भने तपाईं ले डाक्टरलाई सम्पर्क गर्नुपर्छ ।
यस्तो समस्या रोग हो यदि समय मै पत्ता लागेन भने बालबालिका को भविष्य अन्धकार बन्दै जान्छ त्यसैले आमाबाबु अक्षम र समझदार हुन जरुरी हुन्छ ।