शरिरका विभिन्न अंगबाट निस्कने आवाजले कुन राेगकाे संकेत गर्छ ? बच्ने उपाय के हाे हेर्नुहाेस

हाम्रो शरिरबाट बोल्दा मात्रै नभइ विभिन्न कार्य हरु गर्दा शरिरबाट भिन्न प्रकारका आवाज आउछन । कुनै समय सुतिरहेका बेला पनि शरीरबाट आवाज निस्कन्छ ।
यी आवाजमा जोर्नी चट्किनु, श्वास फेर्दा घ्यारघ्यार हुनु, नाकबाट सिट्ठी बजेको झैं आवाज निस्कनु, घुर्नु, पेट कराउनु लगायतका छन । शरीरबाट निस्कने यस्ता आवाजलाई खासै हामी प्राय सामान्य ठान्ने गर्छौ । तर शरीरबाट निस्कने यस्ता आवाज कुनै घातक स्वास्थ्य समस्याको संकेत पनि हुनसक्छ ।
शरीरबाट निस्कने यस्तो आवाजले के संकेत गर्छ त ?
घुर्नु
कतिपय मानिसमा सुत्दा घुर्ने बानी हुन्छ । धेरैजसोले घुर्ने बानीलाई बेवास्ता गर्दछन तर यो एक रोगको संकेत हो । घुर्ने मानिसहरूलाई हृदयघातको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन् । चिकित्सक बन्दछन् ‘विदेशमा सुतेकै अवस्थामा मृत्यु हुने समस्या पनि घुर्नु हो’
मोटोपनका कारण गलामा मेम्ब्रेनको रोकावटका कारण मानिस घुर्ने गर्दछ । यसले स्लिप एप्निया, डायबिटिज र स्ट्रोकको खतरा बढ्न सक्छ ।
बंगाराबाट आवाज
खानामा अमिलो-पिरो, गुलियो, तातो वा चिसो खाँदा दाँतबाट आवाज आउँछ । बंगाराबाट आवाज आउनु माथिल्लो र तल्लो बंगाराको अलाइन्मेन्ट बिग्रेका कारणले हुनसक्छ । जसका कारण बंगारा लक हुने समस्या हुनसक्छ ।
नाकबाट सिट्ठी बजे जस्तो आवाज
रुघा, खोकी वा साइनसका कारण नाकबाट सिट्ठी बजेको जस्तो आवाज आउँछ । यो हुनुमा श्वासको नलीमा अवरोधका कारणले हुनसक्छ ।
कान बज्नु
कहिले काहीँ कानमा ‘टिं’ आवाज निस्कने गर्छ । कहिलेकाहीँ कानमा पानी वा कुनै कुरा छिरे आवाज आउन सक्छ । कानको भित्री भागमा रहेको भेस्टिबुलार ककलेयर नशामा ट्युमर भएमा, मस्तिष्कको भित्री भागमा रक्तस्राव भएमा, संक्रमण भएमा पनि कान बज्ने गर्छ । साथै, एस्पिरिन, एन्टीबायोटिक्स लगायतका औषधीहरूको दुष्प्रभावका कारण पनि कान बज्ने गर्दछ । यदि कान सिरिङ्ग हुन्छ भने यसको कारण थाहा पाउन जरुरी छ । फंगल इन्फेक्सनका कारण पनि कानबाट आवाज आउन सक्छ । यसका साथै मोबाइलको अत्यधिक प्रयोगले निम्तिने टिनिटस नामक रोगका कारण पनि कानबाट आवाज आउन सक्छ ।
पेट कराउने
अक्सर धेरै बेर खाली पेट रहँदा वा खराब खानपानका कारण पेट कराउने गर्दछ । मेडिकल भाषामा यसलाई बोरबोरिग्मी भनिन्छ ।
पेटले खानालाई पचाउने काम गर्दछ । खाना पचाउन पेटलाई औसतमा ३-४ घण्टा समय लाग्दछ । कतिपय अवस्थामा खानाको परिकारले यो समय हेरफेर हुनसक्छ । यस्तोमा हामीले धेरै बेरसम्म खाना नखाँदा पेट खाली भएको हुन्छ । जसका कारण खाना पचाउन पेट खुम्चिने गर्दछ । तर खाली पेट भएको हुनाले केवल ग्याँस मात्र भेटिन्छ । र खाली पेटमा ग्याँस र पेटबाट निस्किएका पाचन रसबीच घर्षणले आवाज आउँछ ।
पाचन प्रक्रियामा गडबड हुँदा पेटबाट आवाज आउने गर्दछ । यदि पेट फुल्ने वा दुख्ने गर्दछ भने यस्तो आवाजले कलेजोको समस्याको संकेत गर्दछ
जोर्नीको आवाज
कहिले कोही मानिसहरू बस्दा उठ्दा हड्डीबाट चर्को कटकट आवाज आउछ । तर, हड्डीहरूबाट आउने यी आवाजहरूलाई त्यति वास्ता गरिँदैन। यो हड्डीसँग सम्बन्धित रोगहरूको संकेत हुन सक्ने चिकित्सकहरू बताउँछन्। जोर्नीमा लिक्विडको कमी भए आवाज आउँछ । यदि लामो समयसम्म यस्तो भए गाँठो, अर्थराइटिस हुनसक्छ । घुँडा र जोर्नीबाट कटकट आवाज आउनु पनि भिटामिन डी को कमीको संकेत पनि हो ।
यी संकेतहरुलाई समयमै चिकित्सकको सल्लाह अनुसार खानपान र जीवनशैलीको व्यवस्थापन गर्नु पर्दछ ।