योग तथा ध्यान गर्ने गर्नुभएको छ ? योगले के फाइदा गर्छ हेर्नुहोस् ।

नेपालमा पछिल्लो समय मानिसहरु निराश हुँदै जाने र बिस्तारै मनोरोगी हुने क्रम बढिरहेको छ । योग र ध्यानको अभ्यासले शारीरिक लाभसँगै मनोवैज्ञानिक लाभ पनि मिल्ने हुँदा तनाव व्यवस्थापनमा सहयोग पुग्ने जानकारहरु बताउँछन् ।

योग तथा ध्यानले मनलाई शान्त र सन्तुलनमा राख्न सकिन्छ । आधुनिक स्वास्थ्य विज्ञानका अनुसार शरीरको रक्तचाप, तापक्रम, रगतमा भएको ग्लुकोजको मात्रा आदिको सन्तुलनलाई निरन्तर कायम राख्न ध्यानले सघाउछ । दिनको १५ मिनेट मात्र ध्यान गर्ने हो भने मानिसको जीवनमा रहेका तनाव कम हुँदै जानेछ ।

यस्तै मनमा उठेका नकारात्मक सोचलाई शारीरिक व्यायाम, योग, ध्यान लगायतले कम गर्न सकिन्छ। यसबाट सकारात्मक सोचको विकास, मान्छेलाई उत्साहित बनाउने र उर्जावान जीवनशैलीका लागि पनि सघाउ पुग्छ । सकारात्मक मानसिकताले जीवनमा आनन्द, खुसी र स्वस्थ अनुभव गर्न र तनावको स्तर कम गर्न मद्दत गर्छ ।

सकारात्मक सोचलाई जीवनको एक मार्गको रूपमा अपनाउँदा जीवनमा रचनात्मक परिवर्तन आउने उदाहरण विश्वमै देखा पर्न थालेको छ ।