किशोरीहरूमा रक्तअल्पताको समस्या, यो समस्या किन ? र बच्ने उपाय हेर्नहोस

बाँकेको कोलपुरमा किशोरीमा रक्क्त अल्पता देखिएको छ । त्यहाँका विभिन्न विद्यालयहरुमा रगत परिक्षिणको क्रममा ३ जना किशोरीको शरिरमा निकै कम मात्रामा रगत देखिएको पाइएको कोहलपुर नगर अस्पतालका प्रयोगशाला प्रमुख दीपक शर्माले बताए छ ।
स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा सामुदायिक विद्यालयहरुमा किशोरीको रक्तअल्पता परिक्षण कार्यक्रममा गरिएको परिक्षण मध्ये ३ किशोरीको शरीरमा रगतको कम देखिएको हो ।

उनका अनुसार उनीहरुमा रगत अभाव देखिएपछि तत्काल उपचार प्रक्रियामा लगिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा सामुदायिक विद्यालयमा किशोरीको रक्तअल्पता परीक्षण कार्यक्रममा परीक्षण गरिएकामध्ये किशोरीको शरीरमा रगतको मात्रा कम देखिएको हो ।

रक्तअल्पता देखिएका किशोरीलाई पनि आइरन चक्की खुवाउन सुभाव दिइएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन देवनारायण उपाध्यायले बताए ।

रक्तअल्पता भनेको शरीरमा रगतको कमी हुनु हो। शरीरमा भएको रगतमा सामान्यभन्दा पनि थोरै राता रक्तकोष भएमा रक्तअल्पता हुन्छ। रक्तअल्पता भयो भने शरीरिक र मानसिक विकासमा बाधा पुग्दछ र रक्तअल्पता भइरह्यो भने मृत्यु पनि हुन सक्ने जोखिम रहने चिकित्सक बताउँछन्।

थकाइ लाग्नु तथा अल्छी हुनु, काम गर्न, पढ्न र खेल्न मन नलाग्नु, नङ, हत्केला, ओँठ, जिब्रो र आँखाको परेलामुनिको भाग सेतो फुस्रो देखिनु, पढेको कुरा नबुझ्नु र स्मरण शक्ति कम हुनु, अलि काम गर्दा पनि स्वाँ-स्वाँ हुनु, मुटु ढुकढुक हुनु, कहिलेकाहीँ रिङ्गटा लाग्नु, मुर्छा पर्नुलगायत लक्षण देखिए रक्तअल्पता भएको हुन सक्ने वरिष्ठ फिजिसियन कन्सलटेन्ड डा प्रकाश नागले बताए ।

उनका अनुसार दैनिक खानामा हरियो सागपात, तरकारी र कलेजोजस्ता फलाम पाइने खाद्यवस्तु समावेश नहुनु वा नखानु, अमला, कागती, भोगटे, सुन्तलाजस्ता भिटामिन ‘सी’ भएका खानाहरू र अन्य अमिला फलपूलहरू कम खानु, खानेकुराको साथमा चिया, कफी, सुर्तीजन्य पदार्थ, जाँडरक्सी बढी खाएर शरीरमा फलाम तत्वको राम्रो शोषण हुन नसक्नु यसका कारण हुन् । किशोर अवस्थाका सबै आफ्ने स्वाथ्यको ख्याल राख्न जरुरी छ ।