शरीरमा प्रोटिनको अत्याधिक सेवनले हुने खतरा, कतीमात्रामा सेवन गर्ने हेर्नुहोस

शरीरलाई स्वस्थ राख्नका लागि विभिन्न पोषक तत्वहरुको आवश्यकता पर्दछ । यही मध्ये एक हो प्रोटिन, जसले तपाईंको मांसपेशीदेखि लिएर हड्डीसम्मलाई बलियो बनाउने काम गर्छ । तपाईंले सुन्नुभएको होला प्रोटिनको कमीले शरीर विभिन्न रोगको चपेटामा पर्न सक्छ । तर के तपाईंलाई थाहा छ आवश्यकताभन्दा धेरै प्रोटिनले नसाहरुलाई ब्लक गर्न सक्छ ?

अमेरिकामा गरिएको एक अध्ययनमा अत्यधिक प्रोटिन मुटुका लागि हानिकारक हुने बताइएको छ । त्यसैले एक दिनमा कति प्रोटिन सेवन गर्नु सही हुन्छ र कस्तो स्थिति तपाईंको शरीरका लागि हानिकारक हुन सक्छ जान्न एकदमै जरुरी हुन्छ ।

एक दिनमा कति प्रोटिन लिने ?
अमेरिकी सोधकर्ताहरुले गरेको अध्ययनमा एक दिनमा लिने क्यालोरीको मात्रामा २२ प्रतिशतभन्दा धेरै प्रोटिन हुनुहुँदैन भनेर स्पष्ट रुपमा बताइएको छ । यदी प्रोटिन धेरै भएको खण्डमा धमनीहरुमा प्लक जम्मा हुन सक्छ ।

अध्ययनमा देखिएअनुसार धमनीहरुलाई नोक्सान पुर्याउनमा ल्यूसीन नामक अमिनो एसिडले ठूलो भूमिका निर्वाह गर्दछ । जो प्रायः अन्डा, मासु तथा दुध आदिमा पाइन्छ । अध्ययनमा प्रोटिनको अत्यधिक मात्रा दिँदा मुसाहरुको धमनीहरु रोकिने समस्या आएको देखिएको थियो ।
त्यस्तै अध्ययनमा स्वस्थ व्यक्तिहरुले धेरै प्रोटिनयुक्त खाना खाँदा उनीहरुको शरीरमा इम्यूनिटी पावर धेरै क्रियाशील भयो । जसले गर्दा यसको काम भनेको धमनीहरुको सफाई गर्नुहुन्छ, तर धेरै क्रियाशील भएले गर्दा त्यहीँ आफै जम्न थालेपछि धमनीहरुमा नोक्सान पुर्याउन थाल्यो ।
कतिपय जीममा जाने व्यक्ति तथा तौल कम गर्नका लागि कतिपयले अत्यधिक प्रोटिनको सेवन गर्ने गर्छन । जो शरीरका लागि एकदमै हानिकारक छ ।
अत्यधिक प्रोटिनले मांसपेशीहरुलाई बलियो बनाउनुको साटो धमनी तथा मुटुमा नोक्सान पुर्याएको अध्ययनले बताएको छ । त्यसैले शरीरलाई आवश्यक प्रोटिन मात्र एक दिनमा सेवन गर्नुपर्ने अध्ययनकर्ता विशेषज्ञहरुको भनाई छ । साथै मृगाैला लार्इ पनी यस असर गर्दछ । दैनिक रुपमा खाइने खानपान लाई विशेष ध्यान दिन जरुरी छ ।