धेरै चिया पिउने बानिले गर्छ यी घातक असरहरु

अहिलेको प्रचलनमा चियालाई धेरै महत्व दीने चलन छ । त्यसमाथि मानिसका धेरै लत मध्ये चिया पनि एउटा लत हो । चियाका केही लाभदायक पाटा पनि छन । परन्तु चियाका केही हानी छन । धेरै चिया सेवन गरेमा यसले शरीरमा धेरै किसिमको समस्या निम्तिन सक्छ ।
चियामा टान्नीन्स भन्ने नामको पदार्थ हुन्छ । यसको काम केही खाद्य पदार्थमा रहेको आइरनलाई बाँधेर राख्ने हो । धेरै चिया सेवन गरेमा यसै तत्तवका कारण खाद्यान्नमा भएको आइरनलाई मानिसको शरीरले ग्रहण गर्न सक्दैन । जसले आइरनको कमी भएर शरीरमा धेरै किसिमका समस्या निम्तिन सक्छ । शरीरमा आइरनको कमी छ भने चियाले समस्यालाई अझ धेरै बढाउन पनि सक्छ ।
अनुसन्धानले देखाए अनुसार पशुसँग सम्बन्धित खाद्यान्न भन्दा विरुवासँग सम्बन्धित खाद्य पदार्थबाट आइरन लिन चियाको टान्नीन्स घातक हुनसक्छ । यस कारण शाकाहारी मानिसले चिया सेवनमा अलि बढी नै ध्यान दिनुपर्ने हुन्छ । कत्ति टान्नीन्स रहने भन्ने कुरा चिया तयार गर्ने शैलीमा निर्भर रहने गर्छ । परन्तु दैनिक तीन या सो भन्दा कम कप चिया धेरै जनाका लागि उपयुक्त हुनसक्छ ।
के कुरामा ध्यान दिनुपर्छ भने शरीरमा आइरनको कमी भए पनि चियामा रमाई रहनुको मतलब अझ पनि केही समस्या छ भन्ने हो ।
चियामा स्वाभाविक रूपमा क्याफिन पनि हुन्छ । कुनै पनि रूपमा शरीरमा क्याफिनको मात्रा बढी भएमा यसले चिन्ता, अनिन्द्रा र बेचैनीको समस्या उत्पन्न गर्छ । दुई सय ४० मिलिमिटरको एक कप चियामा सामान्यतया ११ देखि ६१ मिलिग्राम क्याफिन हुन्छ । बनाउने तरिकामा यो धेरै निर्भर रहने गर्छ ।
अनुसन्धानले देखाए अनुसार सेतो चिया या ग्रिन टीमा भन्दा कालो चियामा क्याफिनको मात्रा बढी हुन्छ । जत्ति धेरै समय पकायो त्यत्ति धेरै क्याफिन हुन्छ । धेरै रिसर्चका अनुसार दैनिक दुई सय मिलिग्राम भन्दा कम क्याफिनले धेरै मानिसमा एन्जाइटीको समस्या पैदा गर्दैन । यदि नर्भसपन बढी रहेको छ भने शरीरमा क्याफिनको मात्रा बढी भएको आफै बुझ्नुपर्ने हुन्छ । यो समस्या बढेमा अन्य चिया या तातो पेय पदार्थको विकल्पमा हर्बल टी रोज्नु आवश्यक हुन्छ ।
यो अनिन्द्रासँग अन्य मानिसिक विषय पनि जोडिएका हुन्छन । केही कुरामा बढी ध्यान जानु, अन्य विषयको समस्या हुनु र धेरै थकान पनि निन्द्रासँग जोडिएका विषय हुन । लगातार निन्द्राको चक्रमा
समस्या आउनुको मतलब अन्य विषयको अभाव मात्र होइन ब्लड सुगरको कमी पनि हुनसक्छ । मानिसले क्याफिनको प्रयोग गर्ने मात्रा फरक छ । निन्द्राको सन्तुलन बिग्रन नदिन कत्तिसम्म ठिक भन्ने यकिन नै भने छैन । तथापि निन्द्रामा समस्या आएमा क्याफिनको मात्रामा ध्यान दिन जरुरी हुन्छ ।
केही अध्ययनले सुत्नु भन्दा ६ घण्टा अगाडि कफी सेवन गरेमा पनि यसले निन्द्रामा समस्या उत्पन्न हुने जनाएको छ । तथापि यसको प्रस्ट आधार छैन । चियामा वाकवाकी लगाउने धेरै पदार्थ हुन्छ । चियाको सेवन धेरै भएमा पनि वाकवाकी लाग्नसक्छ । खाली पेटमा चियाको सेवनले पनि वाकवाकी लाग्नसक्छ । चियाको पत्तामा रहेको टान्नानीन्स नै तितो पनको कारण हो । यसले नै हाम्रो पाचन प्रणालीलाई समेत असर गर्छ । खासमा यसले पेट दुख्ने तथा वाकवाकी लाग्ने दुवै समस्या निम्तिन सक्छ ।
कत्ति चिया ठिक्क भन्ने कुराको यकिन छैन । समस्या भएमा १ या दुई कप भन्दा बढी चिया सेवन गर्नु हुँदैन । पाँच कप भन्दा बढी चिया त कुनै हालतमा सेवन गर्नु हुँदैन । चियासँग अन्य केही खानेकुराको प्रयोग गरेमा यसले पेटमा समस्या हुनबाट बचाउन सक्छ ।
चियामा रहेको क्याफिनका कारण एसिड उत्पन्न भएर केही जलनको महसुस पनि हुनसक्छ । क्याफिनेले शरीरमा केही आनन्द दिए जस्तो त महसुस हुन्छ । तर यसै समयमा अन्न नलीको पेटबाट केही छुट्टिएको पनि हुनसक्छ । पेटमा एसिड उत्पन्न भएर यसले आन्द्रामा पनि असर गर्नसक्छ । यदि हामीले धेरै चिया पिउने गरेका छौं र यसले जलन हुन्छ भन्ने तत्काल चियाको मात्रा घटाउनुपर्ने हुन्छ ।
गर्भवतीलाई त चियाले धेरै असर गर्नसक्छ । गर्भ पतन हुने या कम तौलको बच्चा जन्मने समस्या समेत उत्पन्न हुनसक्छ । यस्तो अवस्थामा सकेसम्म कम चिया कफी सेवन गर्नु उपयुक्त हुन्छ । अमेरिकाको महिला रोगको कलेजले गरेको एक अध्ययन अनुसार २ सय मिलिग्राम भन्दा बढी क्याफिन त गर्भवती महिलाका लागि अत्यन्त घातक हुनसक्छ । यस कारण गर्भवती महिलाले दैनिक ३ कप भन्दा बढी चिया पिउनु हुँदैन ।
कसैले हर्बल टी उपयुक्त माने पनि गर्भवतीका लागि हर्बल टी पनि उपयुक्त नहुनसक्छ । हर्बल टिमा केही पदार्थ हुन्छ । जसले समय भन्दा अघि नै बच्च जन्मने सम्भावना पनि उत्पन्न हुन्छ ।
क्याफिनकै कारण टाउको दुखाइको समस्या पनि उत्पन्न हुनसक्छ । यदि नियमित रूपमा टाउको दुख्छ भने धेरै कुरामा ध्यान दिनु आवश्यक हुन्छ । थोरै मात्र कफी सेवन गरेमा या क्याफिनको प्रयोगले टाउको दुख्ने समस्यामा कमी समेत ल्याउन सक्नेछ ।
यदि चक्कर या रिङटा लाग्ने समस्या देखिएमा यो चियामा रहेको क्याफिनको कारण पनि हुनसक्छ भनेर अनुमान गर्न सकिन्छ । चार सयदेखि पाँच सय मिलिग्रामबाट पनि क्याफिनको मात्रा बढेमा यो समस्या उत्पन्न हुनसक्छ ।
क्याफिन हामीले नियमित रूपमा चिया अन्य धेरै कुराबाट पाउन सक्छौ । हामीले एकै पटक क्याफिनेको मात्रा घटाएमा यसले धेरै शारीरिक समस्या आउनसक्छ । पहिलो समस्या त टाउको दुख्ने नै हो । अल्छी लाग्ने तथा मुटुको चाल बढ्ने समस्या पनि उत्पन्न हुनसक्छ ।
्चियाको इतिहास हेर्दा भारत र चीनका सम्राट्ले सुरुमा प्रयोग गरेको देखिन्छ । पछिल्लो समय युरोप हुँदै अमेरिकामा समेत पुगेको यो पेय पदार्थ आतिथ्यताका लागि लोकप्रिय मानिन्छ । यसको मात्रामा भने ध्यान दिनु जरुरी छ ।