सहकर्मी समाजको नेतृत्वमा, वीरेन्द्रनगरमा सरसफाई कार्यक्रम सम्पन्न

सुर्खेत । माघ २८ गते विरेन्द्रनगर ६ को बिरेन्द्र चोक देखि एरिचोक बीचको पुलमा वडा र टोलको आयोजनामा, बिरेन्द्रनगर को समन्वय तथा सहकार्य र सहकर्मी समाजको सहजीकरणमा उद्घाटन भै बृहत खोर्के सरसफाइ अभियान सम्पन्न भएको छ ।
वीरेन्द्रनगर कणर्ाली प्रदेशको राजधानीको नगरपालिका हो । तर बढ्दो जनसंख्याका कारण फोहरमैला व्यवस्थापनमा चुनौती थपिरहेको छ । नगरपालिकाले निर्माण गरेको ल्याण्डफिल्डमा नगर क्षेत्रबाट संकलिन फोहोर विर्सजन गरिँदै आएको छ । तर नगरका स्थानीयले जथाभावी फोहोर फाल्दा खोला र नालीहरुमा फोहोर थुप्रिदा दुर्गन्धित बनिरहेको छ ।


प्रत्यक घरहरु तथा व्यवसाय र उद्योगबाट निस्कने फोहोर व्यवस्थापनको काम जटिल बनेपछि वृहत सरसफाई अभियान थालिएको छ । यसको मुख्य उदेश्य नै वीरेन्द्रनगरलाई वातावारणमैत्री शहर बनाउनु हो ।
वीरेन्द्रनगरका मुख्य खोलाहरुमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति बढेपछि नगरपालिकाको समन्वयमा सहकर्मी समाजले सरसफाई अभियानको शुरुवात गरेको छ ।


वीरेन्द्रनगलाई वातावरणमैत्री नगर घोषणाका लागि सहकर्मी समाजले टोल विकास संस्थाहरुबाट बृहत खोर्के खोला सफाइ अभियान थालिएको स्थानीय सुशासन सुधारका लागि टोल विकास संस्था सशक्तिकरण कार्यक्रम सञ्चालन गर्दै आएको सहकर्मी समाजका संयोजक हरि उपाध्यायले जानकारी दिए ।
वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ४ र ५ को सीमानामा पर्ने को जिरो ड्यामदेखि वीरेन्द्र्रनगर-९ र २ को निकाससम्म आइतबार सरसरफाई अभियान गरिएको उनी बताउँछन ।
सफा टोल, सफा सहर पूणर् सरसफाई उन्मुख सफा र सुन्दर वीरेन्द्रनगर बनाउने उद्देश्यले सहकर्मी समाजको सहजिकरण, वीरेन्द्र्रनगर नगरपालिकाको सहकार्य गरिरहेको छ ।
वीरेन्द्रनगरका वडा नम्बर २, ३, ४, ५, ६ र ९ नम्बर वडाका खोर्के खोला आसपासमा रहेका २५ भन्दा बढी टोल विकास संस्थाहरुले अबदेखि सार्वजनिक स्थान तथा खोर्के खोलाको नियमित सरसफाइ गर्नेछन उपाध्याय बताउँछन ।
स्थानीयलाई घरदेखि नै फोहोरको व्यवस्थापन गर्न सचेतना फैलाउने गरिएको छ । वीरेन्द्रनगरको बिच भागबाट बग्ने खोर्के खोलामा जथाभावी फालिएको फोहोरले दुर्गन्ध बढाउन थालेपछि वृहत अभियानको आरम्भ गरिएको हो । नगरका ६ वटा वडालाई छोएर बग्ने खोर्के खोलाको जिरो ड्यामदेखि निकास खोलासम्म यत्रतत्र रहेको फोहोर हटाइएको छ । यो खोला बीचमा पर्ने भएकोले आसपासका होटल, फ्रेस हाउस आदि ले खोलामा जथाभावी फोहोर फाल्ने भएकाले, अब यस्तो नगर्न वडा न ४ का अध्यक्षले सुझाब दिए ।
वीरेन्द्रनगरका १६ वटै वडामा स्थानीय सुशासन सुधारका लागि टोल विकास संस्था सशक्तिकरण कार्यक्रम जारी राखेको छ । चुनौतीको रुपमा रहेको सार्वजनिक स्थलको फोहोर मैला व्यवस्थापनका लागि स्थानीयलाई जागरुक बनाउन अब निगरानी गरिने ६ नम्बर वडाध्यक्ष जनक रावलले जानकारी दिए ।


उनले प्लाष्टिकजन्य फोहोरको व्यवस्थापन गरेको खण्डमा वीरेन्द्रनगर फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट बन्नेमा कुनै दुविधा छैन तर खोला र नालीमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न गम्भीर रुपमा लागेको उनी बताउँछन् ।
फोहोरमैला व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन वडा समितिहरुलाई जिम्मेवारी दिइएको छ । फोहोर मैला संकलन, व्यवस्थापन र अनुगमन लगायतका कार्यलाई प्रभावकारी बनाउने तथा जथाभावी फोहोर फाल्नेलाई कानूनी कारवाही गर्ने तयारी नगरपालिकाले गरेको छ । आजको यस कार्यक्रमले वीरेन्द्रनगरबासी र अन्यत्रका मानिसहरुलाई सचेतना जगाउने सहयोग गरेको छ ।