ओठ कालो किन हुन्छ? बच्ने उपाय के हुन ? हेर्नुहोस्

धेरैजसो युवायुवती ओंठ फुट्ने र कालो हुने समस्याले पीडित हुन्छन् । यो समस्याले अनुहार नै कुरुप देखाउने समस्या हुन्छ । केही मानिषहरुले यो समस्या समाधानका लागि महंगा लिप केयर, लिप गार्डहरु प्रयोग गर्ने गर्छन । यस्तोमा महंगा लिप केयर जस्ता उत्पादनले पनि ओंठ ठिक हुन सक्दैनन् ।

ओंठ फुट्ने कारण पत्ता लगाएर मात्रै उपचार पद्धती अपनाईयो भने त्यो स्वास्थ्यका लागि बहुतै लाभदायक हुन आउछ । यो समस्या खास गरी पुनारो छाला मर्ने र नयाँ छाला पलाउने प्रकृया नमिलेका कारण देखिने गर्छ । मरेको छालालाई नफाल्दासम्म ओंठ एकदमै सुख्खा हुने गर्छन् ।

महिलाहरुमा अत्यधिक लिपिस्टिकको प्रयोगले पनि ओंठको छाला ड्यामेज हुन सक्छ ।

निम्नस्तरका तथा कमसल खालका लिपिस्टिकको प्रयोग गर्दा ओंठ कालो हुने, फुट्ने जस्ता समस्या उत्पन्न हुन्छन् । त्यस्तै पुरुष तथा महिलामा धुमपान गर्ने बानीले पनि ओंठलाई असर गर्छ । धुमपान गर्ने व्यक्तिका ओंठ पनि एकदमै कालो हुने गर्छ ।

चिसोमा नियमित मोइश्चराइज नहुँदा पनि ओंठ फुट्ने समस्या हुन थाल्छ । यस्ता गल्ती सधार्दै लगेमा ओंठ एकदमै मुलायम तथा प्राकृतिक रंगमा आउने गर्छन् ।