शरीरमा बढेको खराब कोलेस्ट्रोल कसरी पत्ता लगाउने

कोलेस्ट्रोल हाम्रो रगतमा पाइने पदार्थ हो । यसले कैयौं हर्मोन्सहरूकाे निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसको मात्रा सामान्य भन्दा धेरै हुनु खतरनाक हुन्छ । शरीरमा कोलेस्ट्रोल बढ्नाले हृदय घातको खतरा बढेर जान्छ । शरीरमा बढिरहेको कोलेस्ट्रोललाई साइलेन्ट किलर पनि भनिन्छ । यसको लक्षण पनि केही हुँदैन र थाहा पनि हुँदैन ।

स्वास्थ्यखबर अनुसार शरीरको यसको मात्रा बढेको वा घटेको रगतको जाँचबाट मात्र थाहा हुन्छ । रगतको जाँचबाट मात्र यसको मात्रा पत्ता लगाउन सकिन्छ । यदी कोलेस्ट्रोल सामान्य भन्दा धेरै छ भने अवश्य डाक्टरसँग सल्लाह लिनुहोस् ।