मिर्गौलामा पत्थरी पर्दा सेवन गर्नै नहुने चिजहरु

मिर्गौलामा पत्थरी परेपछि अचानक पेट दुख्ने र पिसाबसँग जोडिएका समस्या हुन थाल्छन्, जो स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ । आउनुहोस् जानौं मिर्गौलाको पत्थरीको समस्यामा कस्ता चीज सेवन गर्नबाट बच्नुपर्छ । पत्थरीको समस्या हुँदा सोडियम अर्थात नुन धेरै खानु हानिकारक हुन्छ । शरीरमा नुन अत्यधिक हुँदा स्टोन वा पत्थरीको आकार बढ्न सक्छ । त्यसैले नुन धेरै खानबाट बच्नुहोस् ।

क्याफिन र कार्बोनेटेड ड्रिंक्स
पत्थरीको समस्या हुँदा क्याफिन तथा कार्बोनेटेड ड्रिंक्सको सेवनबाट पनि बच्नुपर्छ । यस्तो पेय पदार्थमा फस्फोरिक एसिड हुन्छ, जसले पत्थरीको समस्यालाई बढाउन सक्छ ।

दुग्धजन्य पदार्थ
दुग्धजन्य पदार्थमा पनि क्याल्सियम तथा पोटाशियमको मात्रा भरपूर हुन्छ जो पत्थरीका बिरामीका लागि नोक्सानदायक हुन सक्छ । त्यसैले डाक्टरको सल्लाह लिएर मात्र यस्ता चिजको सेवन गर्नुहोस् ।

मांसहारी
मिर्गौला वा ब्लाडरमा पत्थरीको समस्या हुँदा मांसहारी खानाबाट बच्नु पर्दछ । यसमा प्रोटिनको अत्यधिक मात्रा हुने भएकाले यूरिनको समस्या अझै बढ्न सक्छ ।

अमिला फल
अमिला फलफूलको सेवनले पनि मिर्गौलाको पत्थरी बढ्ने खतरा हुन्छ । त्यसैले यसको सेवन पनि कम गर्नुपर्दछ ।