
कम्मर दुख्ने समस्या विशेषगरी ४५-६४ उमेर समूहको मानिसमा पाइन्छ । तर बढ्दो तनाव, अनियमित दिनचर्याले गर्दा यस्तो समस्या हरेकमा उत्पन्न हुने गरेको पाइन्छ ।

तर यो समस्या धेरैजसो मानिसहरुमा १.५ देखि ३ महिनामा आफै ठिक हुन्छ भन ५ प्रतिशत मानिसहरुमा यो समस्याले नसालाई समेत प्रभावित गर्दछ । प्रायःजसो मानिसहरुलाई कम्मरको मध्य र तल्लो भागमा पीडा हुन्छ । यसले काम गर्न समस्या भइदिन्छ ।
कम्मर दुख्नुको कारणः-

– मांसपेशिहरुमा अत्यधिक तनाव,
– अत्यधिक तौल,
– गलत तरिकाले बस्नु,
– सधैजसो अग्लो हिल भएको जुत्ता लगाउनु,
– गलत तरिकाले अत्यधिक गरुङ्गो तौल उठाउनु,
– लामो समयसम्म बिरामी हुनु,
– अत्यधिक नरम डसनामा सुत्नु,
कम्मर दुखाईबाट बच्ने घरेलु उपायः-
१. ज्वानोलाई केहि समय भुट्ने र त्यो चिसो भएपछि बिस्तारै चपाएर खानुहोस्, यसको नियमित सेवनले कम्मर दुख्ने समस्या हट्दै जान्छ ।
२. धेरै बेरसम्म एउटै पोजिसनमा बसेर काम नगर्ने, आफु बसेको हरेक ४० मिनेटमा उठेर थोरै हिँड्नुहोस् । काम गर्दा कहिल्यै पनि ढाडको सहारामा नबस्नुहोस् ।
३. नरिवलको तेल तताउने र त्यसमा लसुनको केहि पोटी फुराउने, अनि यो तेललाई मनतातो बनाएर कम्मरमा मालिश गर्नुहोस् । दुखाई कम हुन्छ ।
४. तातो पानीमा थोरै नुन हालेर त्यसमा रुमाल भिजाउने, त्यसपछि त्यो रुमालले दुखेको ठाउँमा सेक्नुहोस् । अथवा थोरै नुन तताउने, र त्यसलााई कपडामा पोको बनाएर कम्मरमा सेक्नुहोस् । यो कम्मर दुखाईबाट राहत पाउनका लागि एउटा अचुक उपाय हो ।
५. नरम सीट, म्याट्रेस, डनलपमा नसुत्नुहोस् । कम्मर दुख्ने मानिसहरुले कम नरम डसनाहरुमा सुत्न आवश्यक हुन्छ ।
६. कम्मर दुखाईका योगासन योगगुरुको रेखदेखमा योगा गनुहोस ।् योगाले पनि कम्मर दुखाईलाई लाभ गर्छ ।
७. क्याल्सियमयुक्त खानेकुराको सेवन गर्नुहोस् । क्याल्सियमको कमीले पनि हड्डी कमजोर हुन्छ ।
९. कम्मर दुख्ने समस्या भएकाले व्यायाम गर्न पनि आवश्यक छ । स्विमिङ र साइक्लिङ यसको लागि राम्रो व्यायाम हो । स्विमिङले मानिसहरुको तौललाई कन्ट्रोल गर्दछ भने यसले कम्मर दुखाईमा लाभ पुर्याउँछ ।