
सामान्यतया चिसो, फ्लु, ब्रोन्काइटिस, साइनसको संक्रमण जस्ता ब्याक्टेरियाको आक्रमणले दम हुन सक्छ । चुरोटको धुँवामा विभिन्न रसायन ग्यास हुन्छ, जसले फोक्सोमा समस्या पैदा गर्छ ।

स्पिरिन, सुन्निएको कम गर्ने औषधी, चिकित्सकको प्रेस्किप्सन विना किनेको औषधीले पनि मानिसमा दमको समस्या उत्पन्न हुने गर्छ ।
दमले बृद्धबृद्धालाई अलि बढी सताउँछ । त्यसो त यसले युवा, वयस्क र बच्चालाई दुःख दिँदैन् भन्ने चाँहि होईन् । कतिलाई त बंशानुगत रुपमा पनि यो रोग सर्ने गर्छ ।

दम रोग भएको कसरी थाहा पाउने ?
खोकी लाग्ने,
खोक्दा कफ आउने,
सास लिनमा समस्या हुने,
छाती च्यापेको महसुस हुने,
स्वास प्रस्वास नली साँघुरीने तथा फोक्सो सुनिने,
प्राकृतिक उपचारः
दमको रोगिलाई मह एकदमै फाइदाजनक मानिन्छ । एउटा भाँडोमा मह हालेर त्यसको नजिक बसेर गहिरो सास लिने गर्नाले श्वासप्रश्वासमा सहज हुन्छ ।
दमको रोगीका लागि बेसार पनि राम्रो औषधी हो । दिनमा दुई देखि तीन पटकसम्म एक गिलास दुधमा एक चम्चा बेसार मिसाएर खाली पेटमा पिउनुपर्छ ।
दमको रोगीले हल्का भोजन गर्नुपर्छ, भारी भोजन सेवनले श्वास प्रश्वासमा समस्या उत्पन्न हुन्छ । साथै हप्तामा एक पटक उपवास बस्नु लाभदायक हुन्छ ।
दिनमा ८ देखि १० गिलास ताजा पानी पिउनुपर्छ ।
सुतेको समयमा एक भन्दा कम सिरानी राखेर सुत्ने बानी गर्नुपर्छ । यसले दमको असर क्रमशः कम भएर जान्छ ।
साथै, दमको बिरामीले नियमित योग एवं प्राणायाम गर्ने, सरस्र्युको तेलले छातीमा मालिस गर्ने, धुलो, माटो र एलर्जी पैदा गर्ने कुराबाट टाढा रहने, चिसोबाट बच्ने, खुला वा ताजा हावामा बस्ने गर्नुपर्छ ।