
क्याल्सियम तथा भिटामिन डी जस्ता पोषण तत्व स्वस्थ हड्डीका लागि अनिवार्य तत्व हुन् । क्याल्सियमले हड्डी मजबुत बनाउँछ भने भिटामिन डी ले क्याल्सियम सोस्ने क्षमतामा वृद्धि गर्छ र हड्डीको वृद्धिमा सघाउ पूराउँछ ।

हड्डीको रोग ओस्टीयोपोरोसिसको मुख्य कारण भिटामिन डी को कमी हो । त्यसैले हड्डीलाई स्वस्थ र मजबुत बनाउनका लागि हाम्रो खानामा भिटामीन डी र क्याल्सियम प्रशस्त पाइने खानेकुरा अनिवार्य रुपमा समावेश हुनुपर्छ ।
हड्डी मजबुत बनाउन खानैपर्ने केही खानेकुराः

दुधः
दुधमा प्रशस्त मात्रामा क्याल्सियम पाइनुका साथै भिटामीन डी पनि पाइन्छ । दिनको एक गिलास दुध पिउनु हड्डीको मजबुतीका लागि महत्वपूणर् हुने विज्ञहरु बताउँछन् । दुधका साथै दही, मही तथा चिजको सेवन पनि नियमित गर्नु राम्रो हुन्छ ।
केराः
हड्डीको स्वास्थ्यका लागि केरा निकै लाभदायी फल हो । केरामा प्रसस्त मात्रामा क्याल्सियमका साथै पोटासियम लवण पनि पाइन्छ । यसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउनुका साथै प्रोटिनको सस्लेषण बढाउने र शरीरबाट क्याल्सियम क्षय हुने दर घटाउँछ ।
हरियो सागपातः
हरियो सागपात तथा कोसे तरकारीहरुमा पर्याप्त क्याल्सियमका साथै भिटामिन समेत पाइन्छ । यस्ता सागपात र तरकारीले हड्डीमा लवणहरुको घनत्व बढाउँछ ।
बदामः
बदाम, ओखर जस्ता खानेकुराहरुमा प्रसस्त मात्रामा क्याल्सियम र पोटासियम पाइन्छ । साथै यस्ता खानेकुरामा उपयोगी फ्याट्टी एसिड पनि पाइने भएकाले यसले हड्डीको क्षयिकरण रोक्न मद्दत गर्छ र हड्डीको निर्माणमा सघाउ पुर्याउछ ।
माछा, मासु र अण्डाः
माछा, मासु र अण्डा पनि हड्डी स्वस्थ राख्न खानुपर्ने महत्वपूणर् खानेकुराहरु हुन् । यसले हड्डीलाई मजबुत बनाउनुका साथै हड्डीको विकासमा समेत सहयोग पूराउँछ ।