तपाईको टाउको धेरै दुख्छ ? यस्ता छन् निको पार्ने घरेलु उपाय

प्रायः व्यक्तिहरु टाउको दुख्ने गरेको समस्या सुनाउने गर्छन् । टाउको दुखाइले दैनिक काममा निकै समस्या ल्याइदिने गर्छ । कसैलाई अन्य समस्याविना नै टाउको दुख्छ भने कसैलाई मानसिक समस्याले पनि टाउको दुखाउँछ । कुनै टाउको दुखाइ एक-दुई दिनमै निको हुन्छ भने कुनैलाई वर्षौं उपचार गर्नुपर्ने हुन्छ ।

रिपोर्ट सामान्य भएर पनि टाउको दुखिरहन्छ भने मानसिक समस्याले हुन सक्छ । तनाब, निद्रामा गडबढी र माइग्रेनका कारण पनि टाउको दुख्छ । वर्षौंदेखि टाउको दुखिरहेको, सबैतिर दुख्ने, टाउको भारी भएजस्तो या किरा हिँडेजस्तो हुने लक्षणहरू देखिन्छन् । चक्कर लाग्ने, मन्द-मन्द निरन्तर दुखिरहने समस्या पनि टेन्सन हेडेकमा हुन्छ । यो समस्या सामान्य औषधि खाएर पनि निको हुन्छ ।

माइग्रेनका कारण टाउको दुख्नेहरूलाई घामले र आवाजले पनि फरक पार्न सक्छ । टाउको दुख्दा बल्किने, दुखेपछि चार घण्टादेखि दुई दिनसम्म दुखिरहने, उल्टी आउलाजस्तो हुने र आइहाल्ने पनि हुन्छ । यो समस्यामा कडा औषधि खानुपर्ने, इन्जेक्सन लगाउनुपर्ने हुन्छ । कसैको एकपाटो मात्रै टाउको दुख्ने पनि हुन्छ, तर सधैँ एकपाटो मात्र दुख्ने भन्ने चाहिँ नहुन सक्छ ।

टाउको दुखाईबाट छुटकारा पाउने घरेलु उपचार ः

पुदिना ः
माइग्रेनको उपचारमा पुदिना निकै महत्वपूणर् मानिन्छ । यदि तपाईंलाई लगातार टाउको दुखिरहन्छ भने तपाईंले पुदिनालाई चियामा मिसाएर पिउन सक्नुहुन्छ । यसले तपाईलाई तुरुन्त राहत प्रदान गर्छ ।

नुनको पेष्ट ः
टाउको दुखाईका लागि ल्वाङ र नुनको पेष्ट अत्यन्तै प्रभावकारी उपचार पद्धती मानिन्छ । ल्वाङको पाउडर र नुनलाई दुधमा मिसाएर पिउनुहोस् । नुनमा हाइग्रस्कापिक गुण पाइन्छ जसले टाउको दुखाईबाट आराम मिल्दछ ।

दालचिनी पाउडर पेष्ट ः
टाउको दुखाईबाट आराम पाउनका लागि यो पनि एउटा राम्रो तरिका हो । उपयोगका लागि दालचिनी पिसेर पाउडर बनाउनुहोस् र यसलाई पानी हालेर बाक्लो पेष्ट बनाउनुहोस् । अब यो पेष्टलाई टाउकोमा लगाउनुहोस् । यसले तपाईंको दुखेर भारी भएको टाउको छिट्टै हल्का हुन्छ ।माइग्रेनका कारण टाउको दुख्नेहरूलाई घामले र आवाजले पनि फरक पार्न सक्छ

कागती र तातो पानी ः
लगातार टाउको दुखिरहन्छ भने एक ग्लास तातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस् । पेटमा भएको ग्याँसको समस्या हल गर्नुका साथै टाउकोको दुखाई पनि कम गर्दछ ।

लसुनको रस ः
लसुनको रस पिउँदा लगातार दुख्ने तपाईंको टाउकोले राहत महसुस गर्दछ । यसलाई तयार गर्नका लागि लसुनका केही टुक्रा लिनुहोस् र यसलाई निचोरेर रस निकाल्नुहोस् र कम्तीमा एक चम्चा रस पिउनुहोस् । वास्तवमा लसुन एक पेनकिलर पनि हो, यसले टाउको दुख्न कम गराउँछ ।

धनियाँ, जीरा र अदुवाको रस ः
धनियाँको पात, जीरा र अदुवा राखेर बनाएको चिया पिउनाले पनि लगातार दुखिरहने तपाईको टाउको कम हुने गर्दछ । यसलाई बनाउनका लागि थोरै तातो पानीमा धनियाँ, जरा र अदुवा यी तीनथरी हालेर पाँच मिनेटसम्म उमाल्नुहोस् । राम्रो परिणामका लागि यसलाई कम्तीमा पनि दिनको दुई पटक पिउनुहोस् ।