नसा सम्बन्धी समस्या, उपचार कत्तिको सहज र संभव ?

नसा रोग भनेको स्नायु प्रणाली (नर्भ सिस्टम) सँग सम्बन्धित समस्या हो ।

नसा सम्बन्धी रोगहरु जस्तै ः
प्यारालाइसीस,
नसा च्यापिएर हुने समस्या,
नसा कमजोर भएर सुक्ने,
दिमागको नसा सुक्दै जाने,
मुख बाङ्गिने,
कानको नसा सुक्दै जाने

स्नायु प्रणाली रोगका लक्षणहरु ः
हातखुट्टा झमझमाउने,
पोल्ने,
लाटो हुने,
लुलो हुने,
मासु सुक्दै जाने,
शरिरको कुनै अंगको कार्यक्षमतामा ह्रास हुने,
रिङ्गटा लाग्ने,
कुनै अंगमा दुखाईको अनुभव हुन सक्छ ।
यस्ता समस्या भएमा स्नायु प्रणाली सम्बन्धी रोग लागेको अनुमान गर्न सकिन्छ ।

करिब १ दशक अगाडि सम्म प्रायः स्नायु प्रणाली सम्बन्धी बिरामी ४०-५० वर्ष कटेका भेटिन्थे भने आजकाल कलिलै उमेरका व्यक्तिहरुलाई पनि यो समस्या देखिन थालेको छ ।

यो रोग लाग्नुका प्रमुख ३ कारण छन् ः आहार, बिहार र विचार ।

आहार भनेको खानपिन, विहार भन्नाले शारिरिक कसरत र विचार भन्नाले वैचारिक सन्तुलनलाई भन्ने बुझिन्छ ।

यदि स्नायु प्रणाली सम्बन्धी समस्या भएको व्यक्ति ३ महिना वा ६ महिना भित्र उपचार गर्न गएमा अती चांडै निको पार्न सकिन्छ । यो रोग जति पुरानो भयो त्यति उपचार गर्न गाह्रो हुन्छ ।

स्नायु प्रणाली सम्बन्धी समस्या भएमा अकुपञ्चर सवैभन्दा उत्तम विकल्प मानीएको छ ।

अकुपञ्चरको साथसाथै केही अन्य बिधीहरु को संयोजनबाट उपचार गर्दा असाध्ये छिटो लाभ मिल्दछ । र कुनै साइड ईफेक्ट पनि हुँदैन । याे रोग लागे पछी जति सक्दो चाँडो चिकित्सककोमा उपचार गर्न गएपछि सफलतापुर्बक निको हुन्छ ।