नङमा आउने परिवर्तनले बताउँछ तपाईको स्वास्थ्य स्थिति

नङ छालाको एक महत्वपूणर् भाग हो । सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् ।

मृत कोशिकाहरूबाट नङ बन्छ । नयाँ कोशिका बनेपछि मृत कोशिका हट्दै जान्छ र नङ बढ्छ ।

नङमा कुनै आकारमा कुनै असामान्यता देखिन थाल्यो भने स्वास्थ्यका विषयमा सचेत भइहाल्नुपर्छ । नङमा आएको परिवर्तनले रोगको संकेत दिन्छ ।

नङ वरिपरिको छाला रातो भएमा त्यसको कारण कुनै संक्रमण भएको हुन सक्छ ।

नङ फाटेको छ भने एग्जिमा, फोक्सोको क्यान्सर, मुटुरोग वा थाइरोइडको संकेत हो ।

नङको फेदमा अर्धचन्द्र हुन्छ । यो अर्धचन्द्र एकदमै ठूलो देखियो भने शरीरमा रगतको कमी भएको संकेत हो । यसले आइरनको कमीका साथसाथै थाइरोइड र भिटामिन बी-१२ को कमीको पनि संकेत दिन्छ ।

नङ अत्यधिक सेतो भएमा रगतको कमी, पहेंलो भएमा फंगल संक्रमण र जन्डिस, कालो रेखा वा दाग भएमा मेलेनोमा अनि हलुका नीलो भएमा फोक्सोको समस्याको संकेत हो ।

नङमा सेता डोराहरू बने भने मिर्गौलाको समस्या र पौष्टिकताको कमी बुझ्नुपर्छ ।

नङलाई स्वस्थ राख्न यस्ता उपाय अपनाउनुस् ः

दाल र तरकारीमा भएको भिटामिन बी-७ ले नङको कमजोरी हटाउँछ ।

नङ नियमित सफा गर्नुस् र जैतूनको तेलले हल्का मसाज गर्नुस् ।

दुग्धजन्य पदार्थमा प्रचूर मात्रामा पोटेसियम, फस्फोरस र भिटामिन ए हुन्छ, त्यसकारण उक्त चिजहरु सेवन गर्नुहोेस् जसले गर्दा तपाईको नङको स्वास्थ्य राम्राे हुन्छ ।

मनतातो पानीमा कागती र ग्लिसरिन हाल्नुस् अनि त्यसमा हात डुबाउनुस् ।

समय समयमा म्यानिक्योर, ट्रिमिङ र शेपिङ गर्नुस् ।