राम्रो निद्रा पाउन आजैदेखि छोड्नुहोस् यस्ता बानी


अहिलेको तनावपूणर् जीवनमा निद्रासँग जोडिएको समस्या आम समस्या भएको छ । निद्रा पूरा नहुँदा अल्छीपना आउने, थकान हुने जस्ता समस्या हुन्छ ।


रातमा मोबाइल चलाउनु
रातमा सुत्नुअघि ढिलासम्म मोबाइल चलाउने बानीले पनि अनिद्राको शिकार हुन सक्छ । अत्यधिक समय स्क्रीनमा हेर्दा मेलाटोनिन हर्मोनको उत्पादनमा रोकावट आउँछ । जसले गर्दा रातिमा निद्रा लाग्दैन् ।

चिया पिउनु
सुत्नुअघि चिया पिउने बानीले पनि निद्रा नलाग्ने समस्या हुन्छ । चियामा क्याफिन हुन्छ । यसले मेलाटोनिन हर्मोनको उत्पादनमा कमी ल्याउँछ र निद्रा नलाग्ने समस्या हुन्छ ।

दिनमा सुत्नु
दिउँसोमा सुत्ने बानी भएका व्यक्तिहरु दिउँसोको खानापछि सुत्ने गर्छन् । यसरी उनीहरुलाई रातमा निद्रा नलाग्ने समस्या हुन सक्छ । दिनमा सुत्ने बानीले स्लिप साइकल बिग्रन्छ जसले गर्दा गडबडी हुन थाल्छ ।

मेडिटेशन नगर्नु
रातमा सुत्नुअघि एकफेर मेडिटेशन गर्नु एकदमै जरुरी हुन्छ । तर हामी प्रायःले बेडमा जानुअघि ध्यान गर्दैनौ । यो मेडिटेशनले रिल्याक्स महसुस गराउँछ । साथै मन र दिमाग पनि शान्त हुन्छ र राम्रो निद्रा लाग्छ ।

समयतालिका नअपनाउनु
स्वस्थ तथा पूरा निद्रा सुत्नका लागि समयमै सुत्ने र बिहान चाँडो उठ्ने समयतालिका अपनाउनु पर्दछ । रातको समयमा सुत्नाले निद्रा पनि पूरा हुन्छ र वातावरण पनि शान्त हुन्छ । बिहानको समयमा धेरै सुत्दा पनि राति निद्रा लाग्दैन ।