
प्रायः लु को समस्याबाट बच्नका लागि काँचो प्याजको सेवन गर्ने सल्लाह दिइन्छ ।

अब जानौं गर्मीमा काँचो प्याजको सेवनले टाढा भाग्ने अरु स्वास्थ्य समस्याहरू –
पाचनसँग जोडिएको समस्याबाट बच्नका लागि काँचो प्याजको सेवन गर्नु एकदमै फाइदाजनक हुन्छ । यसको सेवनले शरीरलाई हाइडे्रटेड र पाचनलाई स्वस्थ राख्न सहयोग मिल्छ ।

काँचो प्याज खाँदा हृदय सम्बन्धी समस्याहरूमा कमी आउँछ । काँचो प्याज खाँदा शरीरमा खराब कोलेस्ट्रोल कम हुन्छ र हृदयाघात तथा स्ट्रोकको सम्भावना कम हुन्छ ।
रक्तचापको समस्याले सताइरहेको छ भने प्याजको रसको सेवन गर्नु फाइदाजनक हुन्छ । प्याजमा पाइने पोटाशियम गर्मीमा तपाईँको रक्तचापलाई नियन्त्रण गर्न सहयोग गर्छ ।
काँचो प्याज वा त्यसको जुस पिउँदा आँखालाई पनि फाइदा हुन्छ । भिटामिन ए र केरोटेनायड्सले भरपुर हुने भएकाले प्याजको सेवनले आँखा स्वस्थ हुन्छन् ।
इम्युनिटी बढाउनका लागि पनि काँचो प्याजको सेवन गर्न सकिन्छ । काँचो प्याजमा एन्टीअक्सीडेन्ट्सको मात्रा भरपुर हुन्छ, जसल इम्युनिटीलाई बलियो बनाउन सहयोग गर्छ ।