दुल्लु नगरपालिकाले किनेको रेफ्रिजेरेटर स्वास्थ्य शाखा प्रमुखको घरमा

दुल्लु नगरपालिकाले आर्थिक बर्ष २०७९/८० मा छुट्याएको रु ९० हजार बजेटबाट खरिद गरिएको रेफ्रिजेरेटर दुल्लु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख देव बहादुर थापाको घरमा लगिएको पाईएको छ । दुल्लु नगरपालिका भित्रपर्ने स्वास्थ्य संस्थाहरुमा सुरक्षित खकार संकलन र भण्डारण केन्द्र स्थापना गर्ने उदेश्यले आर्थिक बर्ष २०७९/८० को क्षयरोग निवारण कार्यक्रम अन्तर्गत ९० हजार रुपैयाबाट खरिद गरिएको हिमस्टार कम्पनीको फ्रिज स्वास्थ्य शाखा प्रमुख देव बहादुर थापाको घरमा लगिएको पाइएको हो ।

नेपाल सरकारको क्षयरोग मुक्त नेपाल बनाउने अभियान अन्तर्गत संभावित क्षयरोगका विरामीहरूको नमुना नमुना खकार भण्डारण गरी जिनएक्सपर्ट केन्द्र सम्म पुर्याउनका लागि रेफ्रिजेरेटर प्रयोग गरिन्छ

दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजालका अनुसार गत असार महिनामा आएका २ वटा रेफ्रिजेरेटर मध्ये एउटा सम्बन्धित ठाउँमा पुर्याइसकेको र वडा नं १२ मा पुर्याउनुपर्ने रेफ्रिजेरेटर अहिलेसम्म पनि नपुर्याइ स्वास्थ्य शाखा प्रमुखले बदनियतपूर्ण तरिकाले आफ्नो घरमा पुर्याएको पाईएको बताए । साथै, रेफ्रिजेरेटर सम्बन्धित ठाउँमा पुर्याउन आदेश दिइसकेको र उक्त विषयमा अनुसन्धान गरी आवश्यक काम कार्वाही गर्ने बताएका छन् ।