शरीरमा पानीको मात्रा कम हुँदा देखिने समस्या


शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ । हाम्रो शरीरबाट पिसाब या पसिनाको माध्यमबाट पानी बाहिर निस्कन्छ ।


१. थकान
पानीले शरीरलाई उर्जा दिन्छ । डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीको सबै प्रक्रियामा असर पर्छ । पानी कम हुने कारण थकान र सुस्तता महसुस हुन्छ । शरीरमा उर्जा नहुँदा मानिस शारीरिक रुपमा सक्रिय हुन सक्दैनन् ।

२. दम
जब शरीरमा पानीको कमी हुन्छ, त्यसपछि श्वासप्रश्वास प्रणालीमा समस्या हुन्छ । यदि अचानक दम हुन्छ भने बिरामीलाई बढीभन्दा बढी पानीका साथ जूस, नरिवल पानी, लस्सी आदि भरपूर पिउन दिनुपर्छ । यसबाट तीब्र गतिमा श्वास लिने समस्या कम हुन्छ ।

३. रक्तचाप
प्रायः गर्मीमा पसिना बढी बग्दा शरीरको रगतमा भएको पानीको मात्रामा कमी आउँछ । यस्तो अवस्थामा डक्टरले धेरै पानी पिउन सल्लाह दिन्छन् । उच्च रक्तचापका बिरामीले छिन छिनमा पानी पिउनुपर्छ । शरीरबाट पानी निस्क्यो भने रक्तचाप कम हुन सक्छ ।

४. उच्च कोलेस्टेरोल
उच्च कोलेस्टेरोल पनि एक समस्या हो, जो मुटुका लागि घातक हुन सक्छ । जब आवश्यकताको हिसाबले पानी पिइदैंन, शरीरले बढी मात्रामा कोलेस्टेरोल निर्माण गर्छ । शरीरलाई पर्याप्त पानी पिउने हो भनेे कोलेस्टेरोलको समस्या पैदा हुँदैंन ।

५. छालासम्बन्धी समस्या
छालाले शरीरका लागि सुरक्षाकवचको काम गर्छ । यसले पानीको स्तर पनि नियन्त्रित गर्छ । पानी भरपूर पिउनाले छाला नरम पनि बन्छ । पानीको कमी हुँदा छाला रुखो र निस्तेज हुन्छ । डिहाइड्रेसन हुँदा छालामा डर्मटाइटिस, सराइअसिसजस्ता विभिन्न समस्या हुने डर हुन्छ ।

६. पाचन सम्बन्धी समस्या
शरीरले पर्याप्त पानी नपाउँदा क्याल्सियम र म्याग्नेसियमको कमी हुन्छ, जसबाट शरीरमा पाचन सम्बन्धी कयौं समस्या उत्पन्न हुन सक्छ । खाना पचाउनका लागी पनि पानी आवश्यक हुन्छ ।

७. तौल बढ्ने
खानाबाट प्राप्त क्यालोरीलाई जलाउन पानीको महत्वपूणर् भूमिका हुन्छ । शरीरमा पानीको मात्रा कम भयो भने क्यालोरी जलाउन पर्याप्त पानी नभएर बोसो कम नष्ट हुन्छ र तौल बढ्ने समस्या हुन्छ ।

८. मानसिक स्वास्थ्यमा असर
डिहाइड्रेसन मानिसको दिमागको कार्यकुशलतालाई प्रभावित गर्न सक्छ । शरीरमा पानीको कमी भयो भने मानिसको दिमागी गतिविधिमा निकै असर पार्छ ।

९. जोर्नीमा प्रभाव
पानीले हाम्रो जोर्नी र मांसपेशीलाई नरम बनाउँछ । शरीरमा पानीको कमीका कारण रगतको मात्रामा पनि कमी आउन सक्छ । रगतमा आउने यो कमीका कारण जोर्नी वा मांसपेशीमा समस्या पनि आउन सक्छ ।

१०. मिर्गौलाको समस्या
शरीरमा निरन्तर चलिरहने अनेक खालका रासायनिक क्रियाका कारण केही विषालु तत्वको निर्माण हुन्छ । यी विषाक्त पर्दाथहरु लाई शरीरबाट बाहिर निकाल्न जरुरत हुन्छ । पानीको कमीका कारण यस्ता विषालु तत्व शरीरमा बनिरहन्छन् र कयौं प्रकारका रोग लाग्न सक्छन् ।