
हाम्रो पेटमा एक प्रकारको एसिड हुन्छ । त्यो एसिडले हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम गर्छ । यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ ।

कुनै कारणबस यो मेकानिजममा ह्रास आयो भने ग्याष्ट्रिक हुन्छ । ग्याष्ट्रिक हुँदा पेट पोल्ने, दुख्ने, ढ्याउ-ढ्याउ आउनेदेखि लिएर बढ्दै गएमा अल्सरसम्म हुन्छ ।अल्सर बिग्रिँदै गएर रगत नै वान्ता हुनेसम्म हुन्छ ।
मानसिक तनाव धेरै हुनुका साथै चिया, कफी, चुरोट र रक्सीले पनि एसिड उत्पादन बढाउँछ ।
जथाभावी दुखाई कम गर्ने औषधि र पिरो खानेलाई ग्यास्ट्रिकले सताउँछ
ग्यास्ट्रिकका लक्षण ः—

माथिल्लो पेटमा असजिलो महसुस हुने
खाना खाएपछि अप्ठ्यारो हुने
पेट दुख्ने
अमिलो पानी आउने
ढ्याउ ढ्याउ हुने
ग्याष्ट्रिक बढेर अल्सर भएको भए राती अत्याधिक मात्रामा पेट दुख्छ,
के खाने? के नखाने ?
ग्याष्ट्रिक भएपछि सन्तुलित भोजन गर्नुपर्छ । लामो समयसम्म भोकै बस्नु हुँदैन । तर, धेरै तातो खानेकुरा भने खानु हुँदैन । मदिरा र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ । चिल्लो पदार्थ आवश्यक मात्रामा खान सकिन्छ ।
ग्याष्ट्रिकको पहिलो उपचार भनेको सतर्कता अपनाउने नै हो । सुन्तला, कागती, भोगटे लगायतका फलफूल खानुहुँदैन । डाक्टरको सल्लाह लिएर मात्र औषधि खानुपर्छ, जथाभावी गर्नु हुँदैन ।